नेपालमा उद्योगी व्यवसायीहरूले दक्ष जनशक्ति नपाएको गुनासो गरिरहेका छन् । यसको मूल कारण भनेको उद्योगी व्यवसायी र शिक्षण संस्थाबीच एक आपसमा समन्वय नहुनु हो । दक्ष जनशक्ति उत्पादनमा उद्योगी व्यवसायीले शिक्षण संस्था तथा अनुसन्धानमा गर्नुपर्ने लगानी गरेका छैनन् । अहिलेसम्म शिक्षामा लगानी नभएकै कारण उद्योग व्यवसायीले चाहेजस्तो जनशक्ति नपाइने अवस्था छ । त्यो जनशक्ति यहीँ नेपालमै उत्पादन हुन सक्ने हुँदाहुँदै बाहिरबाट ल्याउनु परिरहेको छ ।
उद्योगी व्यवसायीले अनुसन्धान, सभा, शैक्षिक सम्मेलन आदिमा लगानी गर्नुपर्ने हुन्छ त्यो भइरहेको छैन् । नियमितरूपमा बजारको आवश्यकताअनुसारको सीप सिकाउने र शैक्षिक सत्र पूरा गराएर दक्ष जनशक्ति उत्पादन गर्नमा लगानी गर्नुुपर्ने हुन्छ । त्यसो पनि भएको छैन् ।
जसका कारण हामीले डिग्रीवाला वेरोजगार जनशक्ति मात्र उत्पादन गरिरहेका छौं । तर, त्यही शिक्षामा थोरै लगानी थप गरेर सीपयुक्त जनशक्ति उत्पादन गरेर बजारमा हरेक वर्ष आवश्यकताअनुसार पठाउन सकिन्छ । त्यतातर्फ अहिले शिक्षालयसँगको समन्वयमा उद्योगी व्यवसायी वा सरकारी निकायले अहिलकति ध्यान दिए भने डिग्रिवालासँगै दक्ष जनशक्ति तयार हुनेछन् ।
विद्यार्थीहरूको इच्छाअनुसार सीपमूलक शिक्षा दिने प्रयास गरिरहेका छौं । तर, त्यो पटक्कै पुगेको छैन् । विद्यार्थीलाई के बन्ने भन्ने विषयमा उसले निर्णय गरेपछि सोही अनुसारको शिक्षा दिनुपर्ने हुन्छ ।
लर्डबुद्धकै कुरा गर्नुपर्दा हामीले आउटकम वेस लर्निङमा बढी जोड दिने गरेका छौं । विद्यार्थीहरूको इच्छाअनुसार सीपमूलक शिक्षा दिने प्रयास गरिरहेका छौं । तर, त्यो पटक्कै पुगेको छैन् । विद्यार्थीलाई के बन्ने भन्ने विषयमा उसले निर्णय गरेपछि सोही अनुसारको शिक्षा दिनुपर्ने हुन्छ ।
तर, नेपालमा भएको कोर्सले पर्षभरी पढ्ने, वार्षिक परीक्षा दिने, त्यसैको आधारमा नम्बर दिएर पास फेलको व्यवस्था गरेर बस्ने प्रक्रिया अपनाएको छ । यो व्यवहारिक भएन भनेर वर्षौंदेखि भनिंदै आएको पनि छ । तर, सुन्नुपर्ने निकायले सुनिरहेको छैन । हाम्रो शिक्षा सिकाइमा होइन घोकाइमा मात्रै सिमित भइरहेको छ ।
अहिलेको आवश्यकता चाहिँ सीप सिक्नु पर्नेमै जोड दिनु हो । छिमेकी मुलुक भारतमै हेर्ने हो भने कति औद्योगिक घरानाले शिक्षण संस्थामा लगानी गरिरहेका हुन्छन् । विपन्नका लागि सजिलै शिक्षा लिन सक्ने गरी लगानी गर्छन् र भोलिका दिनमा त्यहीँबाट आएका जनशक्तिलाई उद्योग व्यवसायमा प्रयोग गर्ने गरिन्छ ।
नेपालमा शिक्षामा लगानी गर्ने, दक्ष जनशक्ति उत्पादन गर्ने, उद्योग व्यवसायले अहिले लगानी गरेर भोलि चाहेकै जस्तो र तुरुन्त आउटपुट लिन सकिने जनशक्तिप्रति ध्यान दिनै सकिरहेका छैनन् ।
सरकारले नीति नियम बनाउने र व्यावसायिक क्षेत्रले कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर)मार्फत शिक्षामा लगानी गर्ने गर्नुपर्छ । कुनै पनि देशको विकास हुन दक्ष जनशक्ति नै चाहिन्छ ।
बजारले मागेको र आवश्यकताअनुसारको जनशक्ति उत्पादन हुन नसक्नुमा परम्परागत सोच, शैक्षिक प्रणाली, अध्ययनका कोर्स नै हुन् । अब भने हामीमा नयाँ सोच आउनुपर्छ ।
अहिले भइरहेको जनशक्तिलाई इन्टर्नमा राखेर तयार पार्ने अभ्यास छ । तर, त्यो पर्याप्त छैन् । बजारले मागेको र आवश्यकताअनुसारको जनशक्ति उत्पादन हुन नसक्नुमा परम्परागत सोच, शैक्षिक प्रणाली, अध्ययनका कोर्स नै हुन् । अब भने हामीमा नयाँ सोच आउनुपर्छ ।
शिक्षा प्रणालीमा, अध्ययनका कोर्समा परिवर्तन ल्याउनुपर्छ । हामीले अहिले सेमेष्टर प्रणालीमा गराइरहेको अध्ययनलाई उपलब्धि ठानेर बसिरहेका छौं । विश्वमा योगदानमा आधारित शिक्षा आइसकेको छ । दिनदिनै सीपको अभ्यास गर्दै पढ्नुपर्ने हुन्छ । हामीले दिएको शिक्षामा अझै व्यवहारिक भएन भनेर बस्नु परिरहेको अवस्था छ । यो हाम्रो शिक्षा प्रणाली, नीति निर्माता र जनशक्तिको प्रयोग गर्ने उद्योग व्यवसायकै कमजोरी हो ।
हामीले हाम्रा विद्यार्थीलाई हिजोदेखि गर्दै आएको अभ्यास वर्षभरी पढ्ने, पूराना प्रश्नावली हेर्ने र त्यहीअनुसार परीक्षा दिने हो । यो पुरानो शैंली भयो । यसलाई परिवर्तन गर्नुपर्छ । अब सूचना प्रविधि, व्यवस्थापनसहितका शिक्षामा व्यवहारिकता चाहिन्छ । अहिले राखिएको छोटो समयको इन्टर्नले पुग्दैन । दुई चार साता इन्टर्नसीप गरेका भरमा दक्ष जनशक्ति उत्पादन हुने होइन । यसका लागि विद्यार्थीहरूले कम्तीमा ६ महिना इन्र्टनशीप गर्ने वा सीप सिक्ने र अध्ययन पूरा हुनासाथ आफूले अध्ययन गरेको क्षेत्रमा प्रयोग हुन सक्ने हुनु सक्नुपर्छ ।
अहिले बजारमा देखिएको मूख्य समस्या सरकारले निजी क्षेत्रलाई दुश्मनको जस्तो व्यवहार गर्नु पनि एक हो । सरकारलाई नाफा कमाएर कर तिर्ने र त्यही कर प्रणालीबाट राज्य चल्ने चलाउने निकायसँग समन्वय हुँदैन् । उनीहरूकै योजना र योगदानको कुनै मूल्यांकन हुँदैन् ।
नामै लिएर भन्नु पर्दा बुढानिलकण्ठ, सरकारी इन्जिनियरिङ, सरकारी मेडिकल कलेज, सामुदायिक विद्यालय, जेम्स जेभियर्ससहितका शिक्षालयमा पढ्न र पढाउन मरिहत्ते हुन्छ ।
विश्वभरको शिक्षा प्रणाली सरकारी निजी साझेदारी (पीपीपी) मोडलमा चहिरहेको हुन्छ । यहाँको शिक्षण संस्था पनि सुधार गर्न नसकिने होइन । सरकारी शिक्षा प्रणाली हाम्रोमा नराम्रो नै भएको पनि होइन । केही उदाहरणीय सरकारी तथा समूदायिक शिक्षालय पनि छन् । नामै लिएर भन्नु पर्दा बुढानिलकण्ठ, सरकारी इन्जिनियरिङ, सरकारी मेडिकल कलेज, सामुदायिक विद्यालय, जेम्स जेभियर्ससहितका शिक्षालयमा पढ्न र पढाउन मरिहत्ते हुन्छ ।
त्यस्तै शिक्षालय अरु बनाउन किन सकिरहेका छैनौ भन्ने चाहीँ महत्वपूर्ण प्रश्न हो । यी संस्थाहरूले छवि राम्रो बनाउन सकिरहेको बेला सरकारले अरु थुप्रै निकायमा भने ध्यानै दिन सकिरहेको छैन् । कम्तिमा समीक्षा गर्ने, कहाँ कमजोरी भयो त्यहाँ सुधार गनेर्, के गर्न सकिन्छ र कसरी सुधार हुन्छ भन्ने विषयमा चिन्तन नै कम भएको पाइन्छ ।
सरकारले नसक्ने भए निजी क्षेत्रसँग सहकार्य गर्नुपर्छ । सरकारी विद्यालयमा दिइरहेको शिक्षा प्रणाली किन कमजोर भइरहेको छ भन्ने मूल्यांकन किन हुन सकिरहको छैन ? सधै सरकारी निकायले सिंहदरबार भित्र बसेर बनाएको कोर्सले गाउँ गाउँका विद्यालय चलिहाल्छ नि भनेर बस्ने गर्नु भएन ।
यतिका वर्ष भइसक्दा कमजोरी कहाँ छ, कहाँ चुक भएको छ भनेर हेरिएको छैन् । सरकारी विद्यालयमा अहिले पनि कहीँ विद्यार्थी धेरै त कतै नहुने, कतै शिक्षक धेरै त कतै कम हुने अवस्था छ । सरकारी शिक्षाको पक्ष एउटा भयो भने अर्को पक्ष आवश्यकताअनुसारको जनशक्ति उत्पादनमा म्यापिङ गरेर जान सकिएको छैन ।
हामी जबसम्म परम्परावादी सोच र शिक्षा प्रणालीबाट बाहिर निस्कन सक्दैनौ तबसम्म चाहेको जस्तो जनशक्ति शैक्षिक संस्थाबाट उत्पादन हुँदैन । विद्यार्थीलाई कोर्षसँगै औद्योगिक तालिम दिनुपर्छ ।
अहिले अधिकांश विद्यार्थीको रोजाई र कलेजहरूले पढाउने विषय भनेको व्यवस्थापन हो । व्यस्थापनमै धेरै सम्भावना छन् । यसको अर्थ अन्य संकायमा संभावना नभएको भन्ने होइन । हामीले व्यवस्थापनबाट उत्पादन गरेको जनशक्ति अधिकांश एकाउन्टिङ क्षेत्रमा छैनन् । यसको कारण हामीले दिएको शिक्षा प्रणालीलाई व्यवस्थित बनाउन सकिएन भन्ने नै हो । हामी जबसम्म परम्परावादी सोच र शिक्षा प्रणालीबाट बाहिर निस्कन सक्दैनौ तबसम्म चाहेको जस्तो जनशक्ति शैक्षिक संस्थाबाट उत्पादन हुँदैन । विद्यार्थीलाई कोर्षसँगै औद्योगिक तालिम दिनुपर्छ ।
लर्डबुद्धबाट अध्ययन गर्ने विद्यार्थीका लागि हामीले यस्तो अभ्यास गरेका छौं । अन्तराष्ट्रिय तालिम इस्टिच्युसन कोर्स इरामा आवद्ध भएर २ वटा तालिम लिनै पर्छ । छ महिनाको तालिममा पाँच महिनाको शुल्क विद्यार्थीले नै तिर्नुपर्छ । विद्यार्थीले कोर्ष पूरा गरेनन् भने पूरै ६ महिनाकै पैसा आफैं तिर्नुपर्ने व्यवस्था गरिएको छ । विद्यार्थीले नचाहँदा तालिम लिन्न भन्न पाइन्छ । तालिम लिँदा व्यहारिक ज्ञान पाइन्छ । व्यवहारिक ज्ञान लिएपछि सम्बन्धित विद्यार्थीलाई बजारले पनि स्वीकार गर्छ ।
विद्यार्थीलाई दिने सीपको लागि ४ देखि ६ महिनाको इन्टर्नसीप गर्नुपर्ने हुन्छ । यस्तो तालिम रियल सेक्टरमै हुन्छ । चार महिना मात्रै काम सिकेपछि उद्योगी व्यवसायीले आफ्नो ढंगले रोजगारी त्यहीँ दिने गरी वातावरण बनिसकेको हुन्छ । यसरी तालिम लिएर पढेका स्नातक तहका विद्यार्थी पढाइ सक्न नपाउँदै रोजगारी पाइहाल्ने अवस्था सिर्जना हुन्छ । यो अभ्यास गर्न हाम्रा उद्योगी व्यवसायीले रुची बढी देखाउनुपर्छ ।
व्यावसायिक संगठनले नेतृत्व लिनुपर्छ
निजी क्षेत्रको व्यावसायिक संगठन नेपाल उद्योग वाणिज्य महासंघले व्यवहारिक शिक्षा दिने विषयमा नेतृत्वदायी भूमिका खेल्न सक्छ । यसका लागि महासंघलाई आवश्यक समन्वय गर्न आग्रह पनि गरिएको छ । यसको अभ्यास भयो भने विद्यार्थीले सुरुमा तालिमका लागि तिरेको पैसा सम्बन्धित उद्योग व्यवसायमा रोजगारी पाएपछि फिर्ता लिने मोडलबाट जान सकिन्छ । यसो हुँदा विद्यार्थीले ५० हजार रुपैयाँ तालिम लिँदा खर्च भएको छ भने रोजगारी पाएपछि मासिक ५ हजारका दरले फिर्ता पाउने अभ्यास गर्न सकिन्छ । यसले शिक्षा प्रणाली प्रभावकारी हुन्छ भने उद्योगी व्यवसायीले पनि दक्ष जनशक्ति पाउँछन ।
सरकारले पछिल्लो समय शिक्षामा लगानी त बढायो तर चाहेको जस्तो शिक्षा प्रणालीको विकास भने गर्न सकिएको छैन । बजारमा प्राविधिक तथा व्यावसायिक शिक्षाको ठूलो माग छ ।
नेपालमा अब आउने शिक्षा कस्तो हुुनुपर्छ भनेर वृहतरूपमा वहस नै भएको छैन् । सरकारले पछिल्लो समय शिक्षामा लगानी त बढायो तर चाहेको जस्तो शिक्षा प्रणालीको विकास भने गर्न सकिएको छैन । बजारमा प्राविधिक तथा व्यावसायिक शिक्षाको ठूलो माग छ । यस्ता माग भएको क्षेत्रमा लगानी गर्ने गर्नुपर्छ ।
अहिले काठमाडौैं विश्वविद्यालयले यो वर्षदेखि तीन वटा विषय आईटी, सिभिल र मेकानिकलमा ब्याचलर इन टेक्निकल एजुकेशन सुरु गरेको छ । जनकपुरमा आईटी, सिन्धुलीमा सिभिल र बुटवलमा मेकानिकलको अध्ययन सुरु भएको छ । यसले ७५ प्रतिशत कोर्सका विषय र २५ प्रतिशत भने टिचिङ टेक्नोलोजी पढाइ गर्छ । यसको प्रभाव राम्रै हुन्छ ।
विद्यार्थीलाई शिक्षणमा लाग्दा राम्रो हुन्छ भन्ने सन्देश पनि दिनुपर्छ । अन्तर्राष्ट्रियस्तरमा शिक्षणमा लाग्नेको कत्रो सम्मान छ । यो क्षेत्र रोज्नमा तछाडमछाड हुन्छ । हाम्रोमा शिक्षण पेशा कम प्राथमिकतामा पर्छ । यसको कारण सरकारी शिक्षण संस्थालाई राजनीतिक दलका कार्याकर्ता भर्ति केन्द्र बनाउनु पनि हो । यो अभ्यास राम्रो होइन् । वर्षेनी उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी, गोल्ड मेडलिष्टसहितका दक्ष र ए ग्रेडका जनशक्ति शिक्षणमा जानुपर्छ । त्यसपछि बल्ल पो शिक्षाको डेलेभरी सिस्टम अपग्रेड हुन्छ ।
त्यसैगरी, नेपालमै शिक्षा दिएर यही काम गर्न सक्ने वातावरण बनाउनुपर्छ । नेपालमा व्यवहारिक शिक्षा दिन नसकेकै कारण यो आर्थिक वर्षको करिब नौ महिनामा मात्रै ३७ अर्ब रुपैयाँ पढ्नको लागि बाहिर गएको छ । यो रकम पनि नेपालमै राख्नुपर्ने चुनौति छ । बाहिर पढ्न गएकाले राम्रोसँग पढ्छन भन्ने पनि छैन् । बाहिर पढ्न गएका विद्यार्थीमध्ये ७० प्रतिशतले आफ्नो पढाइ पूरा गरेका छैनन् । बाहिर जानु नपर्ने वातावरण नेपालमा हुनुपर्छ ।
पार्ट टाइम जब
जसरी विदेशमा पार्ट टाइम काम गर्दै पढ्न पाइन्छ । नेपालमा पनि त्यो सुविधा हुनुपर्छ । डाटा इन्ट्रि अपरेटर, एकाउन्टेण्टको काम गराउन सकिन्छ । पार्ट टाइमको सिर्जना गर्ने काम भने उद्योगी व्यवसायीकै हो । यसो हुँदा जनशक्ति सस्तोमा पाइन्छ भने विद्यार्थी वर्गले पनि काम पाउँछ । यो विषयमा ठूलो वहसको जरुरी छ । नेपाली जनशक्ति किन बाहिरिइरहेका छन् र तिनको आवश्यकता के हो र उनीहरुलाई कसरी यहीँ रोक्ने भन्ने विषयलाई पनि वृहत ढंगबाट हेरिनुपर्छ ।
नेपाली विद्यार्थीलाई अध्ययन गर्दागदै वा सकेपछि आवश्यकताअनुसार काम पाउने सुविधा हुनुपर्छ । नेपालकै उद्योगमा काम गर्ने वातावरण बनाउनुर्छ । नेपाली जनशक्ति सिलिकन भ्यालीमा काम गर्न हुने, यूरोपेली अमेरिकी मुलुकमा गएर काम गर्न सक्ने नेपालमा चाहिँ नसक्ने भन्ने हुँदैन् । सरकार, उद्योगी, हामी जस्ता शिक्षालयहरूले नै उनीहरुलाई ग्र्र्रुम गर्न सक्नुपर्छ । यसका लागि विद्यालयस्तरबाटै सुधार सुरु हुनुपर्छ । राष्ट्रियता, नैतिकतासहितको शिक्षा सिकाउनुपर्छ ।
बच्चादेखि नै संस्कार सिकाउनु पनि महत्वपूर्ण पाटो हो । यसको अर्थ बाहिर जाँदै नजाने भन्ने होइन । बाहिर पढ्न जाने अनि नेपालमै आएर देश विकास गर्नुपर्छ भन्ने हो । बाहिरबाट ज्ञान र सीप लिएर यहीँ आउनुपर्छ भन्ने हो ।
आईटीको शिक्षालय स्थापना गरेर वर्षेनी ठूलो जनशक्ति उत्पादन गरेका कारण अहिले विश्वको ठूला र स्थापित कम्पनीमा भारतीय जनशक्ति पुगेका छन् ।
नेपालीमा काम सानोठूलो भन्ने भावना छ । कामलाई सानोठूलो भनेर भन्नु हुँदैन । आजका यूवा विद्यार्थी नै हाम्रा भविष्य हुन । उनिहरूलाई नेपालमै काम गर्ने वातावरण बनाउनुपर्छ । बाहिरै जानुपरे पनि दक्ष र सीपयुक्त जनशक्ति मात्रै पठाउनुपर्छ । भारतकै उदाहरण हेर्न सकिन्छ । आईटीको शिक्षालय स्थापना गरेर वर्षेनी ठूलो जनशक्ति उत्पादन गरेका कारण अहिले विश्वको ठूला र स्थापित कम्पनीमा भारतीय जनशक्ति पुगेका छन् ।
उद्योगी व्यवसायीले पनि चासो दिएर अगाडि बढाउन सक्ने हो भने यसले दिने प्रतिफल पक्कै राम्रो हुन्छ । निजी क्षेत्रका नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्ससहितका कुनै एक निकायले त्यसको नेतृत्व लिनुपर्ने हुन्छ । उद्योगी व्यवसायीले वर्षको एउटा मात्रै कार्यक्रम वा कोर्समा लगानी गर्ने हो भने यसले दिने सन्देश पक्कै राम्रो हुन्छ ।
व्यवसायीहरु जनशक्तिमा लगानी गर्न डराउनु भएन । जनशक्तिको म्यापिङ गर्ने, जनशक्ति उत्पादन गर्नेसहितको काम पनि गर्दैै जानुपर्छ । अहिलेको नेपाली जनशक्तिको कमजोरी के हो सबैलाई थाहा छ । त्यसको समाना गर्ने विषयमा बढी ध्यान र जोड दिनुपर्छ । उद्योगी व्यवसायीले जबसम्म विद्यार्थीमा लगानी गर्दैनन् तवसम्म यो क्षेत्रको विकास पनि हुन सक्दैन् ।
उद्योगले जुन क्षेत्रमा बढी जनशक्ति उत्पादनको सम्भावना छ त्यतै गएर लगानी गर्नुपर्छ । सहकार्य गर्ने भावनाको विकास गर्दै जानुपर्छ । लर्डबुद्धले खल्ती र नेपाल चेम्बर अफ कमर्ससँग सहकार्य सुरु नै गरिसेकेको छ । हामीसँग बीबीएम इ बिजनेशको कार्यक्रम छ । यसमा चेम्बरले देशभरबाट ७ जनालाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरेको छ । यसबाट २ वर्ष विद्यार्थीले पेड इण्टर्नसीप गर्छन् । सरकारले ल्याएको कमाउँदै खादै गर्ने अभियान पनि छ ।
अर्को विषय विद्यार्थीमा पनि लहडमा पढ्ने बानी छ । आफूलाई उपयुक्त हुने रुचीका विषय छान्न नसक्ने समस्या छ । यसका लागि अब करियर काउन्सिलिङ हुनुपर्छ । कुन क्षेत्रमा काम गर्ने भन्ने निर्णय सम्बन्धित विद्यार्थीको हो । विद्यार्थीलाई असल नागरिक बनाउनुपर्छ । सरकार, शिक्षण संस्था, उद्यमी व्यवसायी सबैको पहलमा मात्र असल नागरिकको उत्पादन गर्न सकिन्छ ।