उज्ज्वल भविष्यको ताल्चाको साँचो भनेको व्यवसायिक शिक्षा होः नबिलका सीईओ शाह

काठमाडौ । उज्ज्वल भविष्यको ताल्चाको साँचो भनेको व्यवसायिक शिक्षा भएकाले व्यवसायिक शिक्षामा जोड दिनुपर्ने नबिल बैंकका सीईओ अनिल केशरी शाह बताउँछन् ।

नेपाली लगानीकर्ताले सन्चालन गरेको अस्ट्रेलियाको प्राबिधिक कलेज इन्टरनेशनल इन्स्टिच्यूट अफ एजुकेशनद्वारा आयोजित ‘विकासोन्मुख देशमा व्यवसायिक शिक्षाको आवश्यकता’ विषयमा आयोजित कार्यक्रममा बोल्दै शाहले आफ्नो धारणा राखेका हुन् ।

कार्यक्रममा कलेजका संस्थापक सीईओ सागर लोहनीले बजारमा दक्ष जनशक्तिको परिपुर्ति गर्ने भनेकै व्यवसायिक शिक्षा भएकाले विद्यार्थीको हित बुझेर मार्गनिर्देशन गर्नु जरुरी रहेको बताएका छन् ।

विद्यार्थी विदेश पढ्न जाँदा सिपमुखि शिक्षा लिएर युनिभर्सिटीको पढाइ सुरु गर्दा विद्यार्थीकालमै राम्रो आम्दानी गर्न सकिने इक्यानका निवर्तमान अध्यक्ष बिष्णुहरी पान्डे बताउँछन् । व्यवसायिक पढाईमा ‘भिषा सक्सेस रेट’ ८७ प्रतिशत भन्दा बढी रहेकोले अहिले यसमा विद्यार्थीको आकर्षण बढेको पान्डेको बुझाइ छ ।

अष्ट्रेलियाले आउँदो आठ वर्षभित्र नेपालीकै लागि विभिन्न क्षेत्रमा ३४ हजार रोजगार सिर्जना गर्ने योजना लिएको एनएलएफका सीईओ एन्ड्रयु स्किडमोरे बताए । व्यवसायिक शिक्षामार्फत नेपाली युवाले अष्ट्रेलियाबाट डिजिटल मार्केटिङ स्ट्राटेजी, डिजिटल टेक्नोलोजी, सञ्चार, दक्षता, नेतृत्व, श्रम, इन्टरप्राइजेजशिप, पोलिसी लगायत क्षेत्रमा दक्षता हासिल गर्न सक्ने उनले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स