वीरगञ्ज स्थित टेबल नं ८ र १३ को संयुक्त आयोजनामा निर्माण भएको ४ वटा कक्षा कोठा हस्तान्तरण

वीरगञ्ज । वीरगञ्जको छपकैया वडा नं. ३ मा रहेको ताराचन्द किसन लाल आधारभुत विद्यालयलाई हस्तान्तरण गरेको छ ।

विद्यालयको भवनमा एक कार्यक्रमको आयोजना गरी राउण्ड टेबल नेपालका केन्द्रिय अध्यक्ष आनन्द बाहेती नव निर्मित सुविधा सम्पन्न ४ वटा कक्षा कोठा विद्यालय लाई हस्तान्तरण गरेका हुन् ।

चेत्र ६ गतेबाट राउण्ड टेबल ८ का अध्यक्ष दिपल खन्ना र राउण्ड टेबल १३ का अध्यक्ष चिराग अग्रवालको संयुक्त अध्यक्षतामा भएको उक्त कार्यक्रममा बिगत तीन महिना पहिला विद्यालयमा २६ लाख बरावरको भौतिक पुर्वाधार निर्माण गर्ने अनफुहरुको आयोजना अन्तर्गत आज ४ वटा कक्षाकोठा र सोको लागि कुर्सी, टेबल, कालोपाटी, आदि सहित निर्माण गरी हस्तान्तरण गरिएके राउण्ड टेबल नेपालका सदस्यले बताए ।

राउण्ड टेबल नेपाल, नेपालको गैरनाफामूलक संस्था हो जसले देशका विभिन्न जिल्लाहरुमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सामाजिक काम गरिरहेको छ । अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण गरिसकेको छ ।

राउण्ड टेबल इन्टरनेशनलसँग आवद्ध सन् १९९९ मा स्थापना भएको राउण्ड टेबल नेपाल, नेपालभर अहिलेसम्म ३० च्याप्टरमा कुल ४५३ सदस्य रहेका छन् ।

१८ देखि ४० वर्ष उमेर समूहका युवाहरु मात्रै सक्रिय रहन पाउने यो संस्थाले राष्ट्रिय परियोजना ‘फ्रिडम थ्रू एजुकेसन’ सञ्चालन गरिरहेको छ ।

संस्थाले शिक्षा क्षेत्रमा देशको कुनै पनि स्थानमा विद्यालय सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार (समग्र विद्यालाय भवन) देखि आवश्यकता अनुसार शिक्षा सामाग्री, कम्प्युटर, लाइब्रेरी र ल्याब निर्माण गर्दै आएको छ ।

राउण्ड टेबल नेपालले कक्षा १२ सम्म पढाइ हुने विद्यालय निर्माण गरेका छन् भने सो निर्माणमा अहिलेसम्ममा २५ करोड रुपैयाँ भन्दा बढी खर्च गरिसकेको छ ।

शिक्षा क्षेत्रसंगै संस्थाले स्वास्थ्य क्षेत्रमा पनि काम गर्दै आएको छ । खोलिएका विभिन्न स्वास्थ्य चौकीबाट हरेक वर्ष चार देखि पाँच हजार बिरामीले निःशुल्क सेवा पाउनुका साथै रगत फेर्नुपर्ने थ्यालेसिमिया नामक रोगका बिरामीहरुलाई लक्षित गर्दै विगत चार वर्षदेखि उपचार प्रक्रियामा सघाइरहेको छ ।

त्यसैगरी कोरोना महामारीका प्रोजेक्ट लाइफ लाइन अन्र्तगत विरामीहरुलाई लक्षित गर्दै संस्थाले लगभग ३५ लाख बरावरको ३५ भिप्याप मेसिन विभिन्न अस्पतालहरुलाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स