बृहस्पती विद्या सदन ‘इन्टरनेशनल स्कूल अवार्ड’ बाट सम्मानित

काठमाडौं । बृहस्पती विद्या सदन ‘इन्टरनेशनल स्कूल अवार्ड २०२२–२३’ बाट सम्मानित भएको छ । बृहस्पतीले ‘आउटस्ट्याङ्डिङ्ग डेभलपमेन्ट अफ दी इन्टरनेशनल डाइमेनशन इन दी करिकुलम’मा उक्त अवार्ड पाएको हो । ‘ब्रिटिस काउन्सिलले आयोजना गरेको उक्त अवार्ड परियोजनामा नेपालबाट अन्य विद्यालय पनि समावेस भएका थिए ।

तर, बृहस्पती विद्या सदनले विद्यार्थीलाई सिकाएको व्यवहारिक, सामाजिक, वातावरणीयलगायतका ज्ञानका कारण ‘इ्न्टरनेशनल स्कूल अवार्ड२०२२–२३’ पाएको विद्यालयका प्रधानाध्यापक कुमार थापाले जानकारी दिए ।

‘अवार्ड पाउन त्यति गाह्रो नभएपनि सहज भने झनै छैन,’ उनले भने ‘विद्यार्थीलाई किताबी ज्ञानमात्र दिन्छु भन्ने विद्यालयले यो अवार्ड पाउन सक्दैनन् ।’ हामीले गरेको कामको डोस्सिएर (भिडियो÷फोटोहरू तथा अन्य डकुमेन्ट) हरू अर्गनाइजरलाई हामीले पठाएका हुन्छौं ।

‘सो भन्दैमा यो अवार्ड बृहस्पतीले मात्रै पाएको भने पक्कै होइन,’ उनले थपे ‘नेपालबाट नोमिनेशनमा परेका अन्य विद्यालय पनि यो अवार्डबाट सम्मानित भएका छन् । गर्न चाहनेले पाउँछन् भन्ने हो ।’ नोमिनेशनमा थुप्रै विद्यालय परे पनि केही विद्यालयले मात्रै यस्तो अवार्ड पाउँछन् ।

अवार्ड अर्गनाइजरले अवार्डका लागि कल गरेपछि सहभागी हुनका लागि निश्चित क्राइटेरिया दिएको हुन्छ । त्यसपछि नोमिनेशनमा परेका विद्यालयहरूले अर्गनाइजरले भनेका विभिन्न विधामा काम गर्नुपर्छ । विभिन्न तालिमहरू पनि गराउने गरिएको छ ।

विद्यार्थी केन्द्रीत क्रियाकलाप गर्न जानेको, शिक्षा–मनोविज्ञान बुझेको टिम भएमा यो काम गर्न सकिन्छ । विद्यार्थी केन्द्रीत सिकाई गतिविधि बृहस्पतिको राम्रो पक्ष हो । जस्तै सामाजिक शिक्षामा सामाजिक सेवाका कामहरू गर्नुपर्छ भनेर पढाइन्छ र सो पढेको ज्ञान प्रयोगमा ल्याइएन भने त्यो शिक्षा व्यवहारिक बन्दैन । विद्यार्थीले सिकेको कुरा घरपरिवार तथा समाजमा लागू गर्न सक्ने बनाउनु नै बृहस्पतिको पहिचान हो ।

विद्यार्थीले सिकेको कुरा उसको घरपरिवारदेखि समाजमा लागू गर्न सक्नुपर्छ । त्यो सिकाइका साथै अन्य देशका उस्तै उमेर समूहका स्कूलका विद्यार्थीसँग पनि सहकार्य गरेर कुनै पनि प्रोजेक्ट गर्दा त्यसबाट अझ राम्रो परिणाम आउँछ ।
बृहस्पतीले आफू नोमिनेट भएपछि विधागत रुपमा ८\१० वटा परियोजना गरेको उनले जानकारी दिए ।

यो अवधिमा विद्यालयले काठमाडौंमहानगरपालिको वातावरण विभागसँग मिलेर फोहोर मैला व्यवस्थापन सम्बन्धी काम गर्यो ।  स्वास्थ्य सम्बन्धी काम पनि गर्यो । समाजमा गएर सामाजिक काम पनि गयो । विद्यालयले लैगिक समानताका विषयमा पनि काम गरेको छ । त्यहाँ हिसावदेखि भाषासम्मका कुरा आउँछन् । दीगो विकासले तोकेका १७ वटा क्षेत्रमध्ये विद्यालय लेभलबाट हुन सक्ने ८÷९ वटामा काम गरेर बृहस्पतीले यो अवार्ड पाएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स