एमडी एमएस प्रवेश परीक्षामा नक्कली परीक्षा दिने तीन भारतीय पक्राउ

काठमाडौं । चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमडी एमएस प्रवेश परीक्षामा नक्कली परीक्षा दिने तीन भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको उत्तर प्रदेश घर भएका ३० वर्षीय जितेन्द्र कुमार मिश्रा, बिचौलिया भारतको विहार घर भएका ३४ वर्षीय शशि भूषण सिंह तथा अमर्यादित कार्य गर्ने विहार नै घर भएका ३२ वर्षीय कृष्णा मुरारीलाई प्रहरीले पक्राउ गरेको हो।

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार गत माघ ८ गते काठमाडौंको एलआरआई स्कुल भएको परीक्षामा नक्कली परीक्षार्थीसहित परीक्षामा बिचौलियाको रूपमा नक्कली परीक्षार्थीलाई सहयोग गर्ने र परीक्षामा अमर्यादित कार्य गर्नेहरूलाई पक्राउ गरिएको हो ।

उनीहरूमाथि शिक्षा ऐन, २०२८ बमोजिमको कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स