लर्ड बुद्ध एजुकेसन र बेलायतको जेनेस क्लाउडबीच सम्झौता, दक्ष जनशक्ति उत्पादन गर्ने

काठमाडौं । क्लाउड कम्पुटिङमा दक्ष जनशक्ति उत्पादन गर्न लर्ड बुद्ध एजुकेसन फाउण्डेसन (एलबीइएफ) क्याम्पसले बेलायतको जेनेस क्लाउड एकेडेमीसँग सहकार्य गर्ने भएको छ।

सन् २०२१ सम्ममा विश्वव्यापी रुपमा यसको व्यापार तीन खर्ब डलरको हुने अनुमान गरिएको छ । उद्योग व्यवसायमा बढ्दो सूचना प्रविधिको प्रयोगले क्लाउड कम्पुटिङमा दक्ष जनशक्तिको अत्यधिक माग छ।

व्यवसायीहरुले सफ्टवेयर, इन्फ्रास्ट्रक्चर र प्लेटफर्मलाई सेवाको रुपमा विस्तार गर्दै लगिरहेका छन्। जसका कारण क्लाउड सेवा प्रदायकहरु बढी प्रतिस्पर्धा हुँदै गइरहेको छ ।

साझेदारीअन्तर्गत विद्यार्थीहरुले बीएससी आईटी (अनर्स) का साथै जेनेस क्लाउड एकेडेमीको सहकार्यमा क्लाउड कम्प्युटिङ सैद्धान्तिक एवम् व्यवहारिक शिक्षा पाउने लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले जनाएको छ ।

सन् १९९८ मा स्थापित लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले एसिया प्यासिफिक यूनिभर्सिटी मलेसियासँग शैक्षिक सहकार्य गरी नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक तहको बीएससी आइटी र बीबीएम विषयमा अध्यापन गराउँदै आएको छ ।

‘सहकार्यले उद्योग र औपचारिक शिक्षाबीचको दूरीलाई कम गर्ने विश्वास लिएका छौं । यस कार्यका लागि जेनेस क्लाउड एकेडेमी जस्तो सहयात्री पाउँदा अत्यन्तै हर्षित छौं,’ कलेजका अध्यक्ष पंकज जालानले भने ।

जेनेस क्लाउड एकेडेमीका प्रमुख कार्यकारी अधिकृत अंजनी फुयाँलले यस प्रकारको सहकार्यको आवश्यकता माथि जोड दिँदै यस कार्यक्रममा भर्ना हुने विद्यार्थीहरुले जीसीए र जीसीए का सहयात्री संस्थाहरुमा इन्टर्नसीप गर्न पाउने बताए ।

कलेजले बीएससी आईटी (अनर्स) कार्यक्रममा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुका लागि एक जना छात्रा सहित ३ जना विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति उपलब्ध हुने जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स