एसईईको परीक्षाको नतिजा प्रकाशित, किन छुट्याएन बोर्डले जीपीए ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले मूल्यांकन गरेको आधारमा बोर्डले परीक्षाको नतिजा सार्वजनिक गरेको हो । देशभरका विदालयबाट मूल्यांकन संकलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको बोर्डका परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए ।

‘विद्यालयबाट आएको मूल्यांकनलाई प्रमाणित गरी सार्वजनिक एसईईको नतिजा प्रकाशित गरेका हौं,’ उनले भने ‘विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा नतिजा आएको छ ।’

‘विद्यालयले पठाएको मूल्यांकनलाई नै प्रमाणीकरण गरेकोले जीपीए छुट्याएर विश्लेषण गर्न बोर्डले आवश्यक नठानेको पनि उनले बताए । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेवसाइट, एसएमएस र आईभीआर मार्फत प्राप्त गर्न सकिने छ ।

बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९, आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसेलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सकिने जानकारी दिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स