काठमाडौं विश्वविद्यालयको कामु उपकुलपतिमा प्राडा. अच्युत वाग्ले

काठमाडौं । काठमाडौं विश्वविद्यालयको कायममुकायम उपकुलपतिमा प्राडा.अच्युत प्रसाद वाग्ले नियुक्त भएका छन् ।

काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार रहेका वाग्लेलाई कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को व्यवस्था नभएसम्मका लागि कायममुकायम उपकुलपतिको जिम्मेवारी प्रदान गरेका हुन् ।

प्राध्यापक अच्युत वाग्ले यसअघि २ असोज २०७९ मा काठमाडौ विश्वविद्यालय ऐनको दफा १५(१) अनुसार उपकुलपति प्राध्यापक भोला थापाको सिफारिसमा रजिष्ट्रार नियुक्त भएका हुन् ।

वाग्ले यसअघि काठमाडौ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसोम) मा एसोसिएट डिन थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट एमए र बेलायतको बर्मिङ्घम विश्वविद्यालयबाट अर्थशास्त्रमा एमएस्सी गरेका छन् । उनले भारतको प्रतिष्ठित शैक्षिक संस्था इण्डियन इन्ष्टिच्युट अफ टेक्नोलोजी कानपुरबाट अर्थशास्त्रमै पीएचडी गरेका छन् ।

प्रतिक्रिया

हेडलाइन्स