काठमाडौं । गत आर्थिक वर्षमा कुल ४७ अर्ब ७१ करोड रुपैयाँ सोधभर्ना प्राप्त भएको छ । नेपाललाई सहयोग आउने दातृ निकायहरुबाट अझै सोधभर्ना बापतको पैसा प्राप्त हुन बाँकी रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
महालेखाको अनुसार आर्थिक वर्ष २०८०।८१ मा ऋण तर्फ ३६ अर्ब ५५ करोड १७ लाख शोधभर्ना प्राप्त भएको छ । ऋण सहयोगमा शोधभर्ना हुन बाँकी ऋण रकम १७ अर्ब ९ करोड २१ लाख रहेको छ ।
अनुदान तर्फ समेत ठूलै रकम सोधभर्ना रहेको देखिएको छ । अनुदान तर्फ यस वर्ष ११ अर्ब १६ करोड ५४ लाख शोधभर्ना प्राप्त भएको छ । त्यस्तैगरि ६ अर्ब ७४ करोड ५ लाख शोधभर्ना हुन बाँकी समेत गरी कुल २३ अर्ब ८३ करोड २६ लाख रकम कुल शोधभर्ना हुन बाँकी रहेको छ ।
दातृ नियका तथा दातृ देशहरुले नेपाललाई विधिन शिर्षकमा ऋण तथा अनुदान सहयोग प्रदान गर्दै आएका छन् । ऋण तथा अुदान स्विकार गर्ने निर्णय नेपाल सरकारले गरेपछि उक्त रकम अनुसारको खर्च आयोजनाहरुमा गरिन्छ ।
सुरुमा नेपाल सरकारकै स्रोतबाट खर्च गरिने र पछि त्यसलाई सोधभर्ना लिदै आएको छ । त्यसमा ठूलो रकम सोधभर्ना देखिएको हो ।