भारतको जोगवनी असनबजारमा परिणत, दिनभर नेपालमा पोका ओसारेको ओसारै

विराटनगर । काठमाडौंको असन बजार बस्न निकै कठिनाई हुन्छ । चाडपर्वको समममा त उकुसमुकुस हुन्छ नै ।
त्यसकै झल्को दिन्छ, नेपाल भारतको सिमावर्ती बजार जोगवनी । नेपालका सिमाना रहेको भारत तर्फको उक्त बजारमा मान्छेले पाइला राख्ने ठाउँ पनि अपुग छ ।

मान्छे , रिक्सा, मोटरसाईकलको ठेलम्ठेल हुन्छ । असनमा दसै तिहारमा मात्रै त्यस्तो दृष्य देखिन्छ सकिन्छ । तर यो बजारमा बाह्रै महिना बाह्रैकाल यस्तै छ ।

भारतमा किनमेल गर्न सुनसरी, मोरङ जिल्लाका अधिकांश स्थानका मानिसहरु त्यहाँ पुगेको देखिन्छ । दैनिक उपभोग्य वस्तु खरिद गर्नको लागि उनीहरु पुग्ने गरेका हुन् ।

खाद्यान्न, लत्ताकपडा, कस्मेटिकका सामान, इलेक्टोनिक्सका सामानहरु बढिमात्रामा खरिद हुने गरेको देखिन्छ ।
विराटनगर पंचालीबाट चिनी, साबुन जाडोको पकडा किन्न जोगवनी पुगेको सोहन साह भन्छन्, ‘चिनीमा प्रतिकेजी २० रुपैयाँ सस्तो छ । अन्य कपडाहरु पनि उता भन्दा सस्तो पाइन्छ । चिनीको कम मूल्यले नै आउन जान खर्च पुग्छ । अन्य कपडामा परेको सस्तो दर त फाइदै हुन्छ । त्यसै पनि यतै आएको हुँ ।’

मोरङ उद्योग व्यपार संघका अध्यक्ष अनुपम राठी भन्छन् ,‘नेपाल तर्फ भन्दा भारतमा केहि न केहि सस्तो छ नै । त्यसकारणले पनि दैनिक उपभोग्य वस्तु खरिद गर्न गैरहेको देख्न सकिन्छ ।’

जोगवनी मात्रै होइन , नेपाल भारतको अधिकांश सिमाना जोडिएको बजारमा यस्तै भिडभाड र वस्तु खरिद हुने गरेको उनको भनाइ छ ।

यसमा सबै भन्दा ठूलो गल्ति सरकारले नै गरेको उनी बताउँछन् । उनी भन्छन्, सरकारले भारतमा भन्दा नेपालमा महँगो हुने गरि कर नीति अवलम्बन गरेको छ । कर बढि लगाएकै कारण नेपालमा दाल चामल देखि अन्य उपभोग्य सबै वस्तुहरु नेपाल तर्फ महँगो हुन गाएको छ ।’

मानिसहरुले एक पटक भारत गएर आफ्नो हप्ता १० दिनलाई पुग्ने वस्तु खरिद गरेर ल्याउँदा उनीहरुले सबै गरेर औषतमा ५ सय हाराहरीमा सस्तो पर्छ । जाँदा ५० रुपैयाँ फर्कदा ५० रुपैयाँ भाडा लागे पनि ४ सय रुपैयाँ बचत हुन्छ यो लगात अनुमान गरेर धेरै सर्वसाधारणहरु जोगवनी नै पुगेर खरिद गर्ने गरेको उनको भनाइ छ ।

अर्को महत्वपूणर् विषय भनेको त जोगवनी नाकामा खरिद गरेर फर्कनेहरुलाई नेपाल तर्फबाट धेरै ठूलो अवरोध पनि छैन । अलि धेरै पोका ल्याउनेलाई प्रहरीले सोधपुप गरेपछि धेरैलाई छाडिदिन्छ ।

यसरी निरन्तर व्यापार चल्नु भनेको देशको आयमा स्रोतमा निरन्तर प्रत्यक्ष घाटा हुनु हो । विना भन्सार शुल्कका सामान धेरै आउने गरेको यहाँ प्रत्यक्ष देख्न सकिन्छ ।

अध्यक्ष राठी पनि सो विषय स्विकार गर्छन् । भन्छन्, एकतर्फ आफूलाई उपभोग गर्ने वस्तु आइरहेको देखिन्छ भने अर्को तर्फ चोरी पैठारी समेत नहोला भन्न सकिन्छ । त्यसले गर्दा भन्सार तिरेरै आउने सामानहरु धेरै कम छ । सरकारले राजस्वको दर वृद्धि गरेर आय बढाउन खोजे पनि भन्सार बाहिरबाटै वस्तु आउँदा झनै घाटा हुने गरको उनको तर्क छ ।

विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालका भने यस विषयलाई फरक रुपले विश्लेषण गर्छन् । उनी भन्छन्, ‘नेपालमा र भारतमा खरिद गर्नु उस्तै रहेको बताउँछन् । खाद्यान्नहरु खरिद गर्दा तौल भारत तर्फ कम पर्छ । ढुवानी र आतेजाते खर्च हेर्दा नेपाल तर्फ नै कम लगात पर्न जाने उनको भनाइ छ । तर पनि मान्छेहरु नबुझेर भारत तर्फ गएका छन् , त्यसले उनीहरुलाई अप्रत्यक्ष घाटा भैरहेको छ ।

खुला नाका भएकै कारणले सरकारले दिएको लक्ष्य भन्सार कार्यालयहरूले पुर्याउन सकेका छैनन् । भन्सार नाकाबाट हुने यस्ता आयातलाई रोक्न सके सरकारको आम्दानी बलियो बन्नुका साथै आफ्नो देशको पैसा पनि बाहिरी मुलुकमा नजाने र देश वैधानिक व्यापार फस्टाउने यहाँका व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स