साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २२.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६,९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२,६४७ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९,१५२ र १६,४२३ रहेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १४८ अर्ब ४९ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १२८ अर्ब २१ करोड रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स