यो वर्ष नेपालको आर्थिक वृद्धिदर करिव ५ प्रतिशत हुन्छ : एडीबी

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर करिव ५ प्रतिशत कायम हुने बताएको छ । अर्थतन्त्रमा सुधार आउने प्रक्षेपण गर्दै एडीबीले ४ दशमलव ९ प्रतिशतले आर्थिक वृद्धि हुने बताएको हो ।

एडीबीले हाल नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशतको रहेको समेत जनाएको छ । एडीबीले सार्वजनिक गरेको प्रतिवेदनमा २०२५ को सेप्टेम्बरसम्म आर्थिक सुधार हुने बताएको हो ।

प्रतिवेदनमा नेपालको अर्थततन्त्र सुधार हुँदै  जाने र आर्धिक वृद्धि थपिने बताएको छ । यसरी अर्थतन्त्र अघि बढ्दा मूलय वृद्धि भने थप हुने बताएको हो ।

अहिले ५ दशमलव ४ प्रतिशतमा मुद्रास्फीति रहेकोमा २०२५ को अप्रिलमा ६ प्रतिशत पुग्ने आँकलन एडीबीको छ । त्यसपछि भने विस्तारै घट्ने समेत बताएको हो ।

यो वर्ष साउथ एसियाकै आर्थिक वृद्धिदरमा सुधार आउने एडीबीको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स