भन्सार बढाएपछि भारतीय व्यपारीले गरे तेल आयात रद्द, नेपालमा किन बढ्यो मूल्य ?

काठमाडौं । भारतले तेलहन आयातमा २० प्रतिशत भन्सार थप गरेपछि १ लाख मेट्रिकटन तेल आयात रद्द भएको छ । व्यपारीहरुले भन्सार बढेको भन्दै आयातको प्रक्रियामा रहेको १ लाख मेट्रिटकन पाम तेल आयात बन्द गरेका हुन् ।

भारतमा भन्सार बढ्दा तथा कम आयात हुँदाच नेपाली व्यपारीलाई फाइदा हुने अनुमान छ । नेपालमा आयात भएर भारत निर्यात हुने अनुमान भैरहदा नेपालमा पनि तेलको मूल्य बढिरहेको छ । प्रतिलिटर २० रुपैयाँ सम्म बढाएको छ ।
तर व्यपारीहरुले यो क्षणिक मूल्य वृद्धि भएको बताएका छन् ।

भारतसँग निर्यातमा कनेक्सन भैसकेपनि नेपालमा मूल्य नियन्त्रणमा आउनु व्यपारीहरुकै अनुमान छ ।
भारतसँग व्यपारिक कनेक्सन हुन मंसिरसमम लाग्ने बताइएको छ ।

नेपाल र भारतबीच सहज सिमानाको कारण पनि व्यपारीक निकटता छ । त्यसको फाइदा नेपाल र नेपालीलाई भैरहेको छ । साथै केहि अवस्थामा खुल्ला सिमाना भएको कारण कर लगायतको विषयमा घाटा पनि छ ।

नेपलामा कुनै वस्तु रोक्न खोजेमा चोरी निकासी भै आउँछ । त्यस्तै गरि कुनै वस्तु भारतमा रोक्न खोजे नेपालबाट चोरी निकासी हुन्छ ।

भारत सरकारले गत हप्ता आर्थत् सेप्टेम्बर १३ मा कच्चा र प्रशोधित खाने तेलमा भन्सार शुल्कय बढाएको छ । सूर्यमुखी तेलमा कच्चामा २० प्रतिशत र प्रशोधितमा ३२ दशमलव ५ प्रतिशत भन्सार महसुल बढाएको हो ।

यसरी भन्सार शुल्क बढाउँदा नेपालबाट निर्यात हुने छ । नेपालबाट बैधानिक रुपमा नियर्ता हुन दिए पनि हुन्छ वा रोके पनि हुने निश्चित छ ।

यसरी नेपाली व्यपारीको कारोबार धेरै भएपछि नेपालमा मूल्य नियन्त्रणमा आउने बताइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स