अर्थ मन्त्रालयमा एक महाशाखा यी दुई सहसचिव हाक्दै !

काठमाडौं । अर्थ मन्त्रालयले वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा दुई सहसचिव राखेर काम बाँडफाँड गरेको छ ।

बजेट तथा कार्यक्रम महशाशाखा, राजस्व महाशाखा र अन्तराष्ट्रिय सहायता समन्वय महाशाखा पछिको आकर्षित यो महाशाखामा दिर्घराज मैनाली र नारायणप्रसाद रिसालले जिम्मेवारी पाएका हुन् ।

वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा केहि वर्ष अघि टुक्राएर समेत जिम्मेवारी बाँडफाँड गरिएको थियो । पछिल्लो केहि वर्ष देखि एउटै रहेको छ ।

अहिले भने दुई सहसचिवलाई यस महाशाखाको जिम्मेवारी दिइएको छ । महाशाखा एउटै तर जिम्मेवारी फरक पारिएको छ ।

दिर्घराज मैनालीले संस्थान समन्वयको जिम्मेवारी पाएका छन् । भने रिसालले वित्तिय क्षेत्र व्उवस्थापनको जिम्मेवारी पाएका हुन् ।

अर्थमन्त्रालयमा अहिले चाहिने भन्दा बढि सहसचिव भएको कारणले पनि यसरी जिम्मेवारी दिन परेको मन्त्रालयका एक अधिकारी बताउँछन् ।

उनी भन्छन् , ‘के दिर्घराज मैनाली सार्वजनिक ऋणबाट मन्त्रालय तानिएका हुन् । उनलाई के जिम्मेवारी दिने भन्ने हुँदा संस्थान महाशाखामा लगिएको हो ।’

रिसाल प्रशासन पृष्ठभूमिका हुन् भने मैनाली राजस्व पृष्ठभूमिका हुन् ।

प्रधानमन्त्रीले धेरै निकाय बढाउन हुँदैन, त्यस्तैगरि औचित्यहिन कार्यालयहरु खारेजी गर्नुपर्ने बताउँदै आएका छन् ।

त्यसले भने अर्थमन्त्री विष्णु पौडेलले महाशाखा तथा निकायहरु टुक्राउन गह्रो मानिरहेको बुझिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स