काठमाडौं । चालू आर्थिक वर्षको लागि वित्तीय विवरण सिफारिस सम्बन्धी आन्तरिक कार्यप्रक्रिया तय भएको छ ।
महालेखा नियन्त्रक कार्यालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियामवली अनुसार कार्यप्रक्रिया तय गरेको हो ।
जसमा वैदेशिक स्रोत समावेश भएका आयोजनाहरुले दातृ निकायमा पेश गर्ने लेखापरीक्षण नभएको वित्तीय विवरण असोज मसान्तभित्र र लेखापरीक्षण भएको वित्तीय प्रतिवेदन पुस मसान्तभित्र पेश गरी सक्नुपर्ने उल्लेख छ ।
दातृ निकायसँग भएको सम्झौतामा लेखापरीक्षण भएको वित्तीय विवरण पेश गर्ने समयावधिका सम्बन्धमा छुट्टै व्यवस्था भएमा सोही बमोजिम गर्नु पर्नेछ समेत बताइएको छ ।
योजनाबाट प्रमाणित वा सिफारिसका लागि महालेखा नियन्त्रक कार्यालयमा पेश हुने वित्तीय विवरण सम्बन्धित मन्त्रालय मार्फत पठाउनु पर्ने उल्लेख गरेको छ ।
साथै त्यसमा केके विषयहरु समावेश हुनपर्ने र त्यसको प्रक्रियाहरु समावेश गर्नुपर्ने विषयहरु राखिएको छ ।
लेखा फारम भरि पेश गर्नुपर्ने छ ।
आयोजनाको वित्तीय विवरण प्रमाणित वा सिफारिसको लागि महालेखा नियन्त्रक कार्यालयमा पठाउँदा सम्बन्धित मन्त्रालयका सचिव र आर्थिक प्रशासन शाखा प्रमुखको दस्तखत गरी पेश गर्नु पर्नेछ । सम्बन्धित मन्त्रालयले आयोजनाको वित्तीय विवरण प्रमाणित वा सिफारिसका लागि यस कार्यालयमा पत्र पठाउँदा बजेट उपशीर्षक, आयोजनाको नाम, ऋण तथा अनुदान नम्बर उल्लेख गर्नु पर्नेछ ।
आयोजनाको वित्तीय विवरणमा उल्लिखित आर्थिक वर्ष ०७९।८० सम्मको जिम्मेबारी सारेको तथ्यगत विवरण र ०८०।८१ को स्रोतगत खर्च तथा शोधभर्ना प्राप्तिको तया महालेख्य नियन्त्रक कार्यालयको अभिलेखसँग फरक पर्न गएमा फरक पर्नाको कारण खुल्ने गरी समायोजन विवरण प्रमाणित गरी आयोजना वित्तीय विवरणमा समावेश गर्नु पर्ने बताइएको छ ।
वैदेशिक ऋणमा संचालित आयोजनाहरूले दातृनिकायवाट प्राप्त गरेको ऋणको विवरण सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा भएको ऋणको अभिलेसंग मिटाएको प्रमाणित हुने निस्सा आयोजना वित्तीय विवरणमा संलग्न गर्नु पर्नेछ ।
एउटै बजेट उपशीर्षकवाट दुई वा दुई भन्दा बढी आयोजनाहरूले निकासा तथा खर्च गर्ने व्यवस्था भएकोमा सम्बन्धित मन्त्रालय, आयोजना वा समन्वय कार्यालयले एकीकृत आयोजनाको वित्तीय विवरण पेश गर्नु पर्नेसमेत बताइएको छ ।
सम्बन्धित निकाय वा आयोजनाबाट प्रमाण्ति वा सिफरिसको लागि पेश भएका आयोजनाको वित्तीय विवरणमा दातृ निकायबाट वस्तुगत सहायता तथा साझै भुक्तानी अन्तर्गत प्राप्त भएका सबै रकमहरु समावेश गर्नु पर्ने भनिएको छ ।
वस्तुगत सहायता तथा सोझै भुक्तानी मार्फत प्राप्त रकम सीजीएएस माफर्त एकल खाता कोष प्रणाली मा लेखाङ्कन तथा प्रविष्ट गरेर मात्र वित्तीय विवरणमा समावेश गर्नुपर्ने उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०८०।८१ वा सो भन्दा अगाडि नै बन्द भएका आयोजनाको वित्तीय विवरण पेश गर्नुपर्ने भए त्यस्ता बन्द आयोजनाको शोधभर्ना लिन बाँकी रकम अर्थ मन्त्रालयबाट स्रोतान्तर वा खर्च समर्थनको निर्णय गराई पेश गर्नु पर्ने भनिएको छ ।
अर्थ मन्त्रालयबाट समयमा निर्णय नभएको कारण आयोजना वित्तीय विवरण पेश गर्न ढिलाई हुने अवस्था देखिएमा सम्बन्धित मन्त्रालयबाट श्रोतान्तर वा खर्च समर्थनको लागि अर्थ मन्त्रालयमा अनुरोध गरेको पत्रको प्रतिलिपि संलग्न गर्नु पर्नेछ ।
सार्वजनिक संस्थान वा बोर्ड अन्तर्गत संचालित आयोजनाको वित्तीय विवरण प्रमाणित वा सिफारिसका लागि महालेखा नियन्त्रक कार्यालयमा पेश गर्दा वित्तीय विवरणमा उल्लेख भएको ऋण लगानी वा सेयर लगानीको हिसाव सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको अभिलेख सँग भिडान गरी पेश गर्नु गर्ने उल्लेख छ ।