भारतीय कम्पनीलाई नेपालले किन नदिने भयो ठूला बैंकको अडिट गर्न ?

काठमाडौं । नेपालका १० ठूला बैंकको अडिट गर्न भारतको कम्पनीलाई दिने निर्णय भएपछि अहिलेलाई रद्द भएको छ ।
भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस एलपीपी अडिट गर्ने तय भएपनि नेपाल राष्ट्र बैंकले उक्त कम्पनी रद्द गरेको हो ।

राष्ट्र बैंकले आवेदन नै गरेर विदेशी अडिट फर्म माग गरेको थियो । आवेदक मध्येबाट भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस एलपीपी भारत छनोट गरेको थियो ।

एक सूचना जारी गर्दै भारतीय कम्पनी छनोट गरेको जानाकारी दिएको थियो ।
तर भारतीय  कम्पनीले १० बैंकको लेखापरिक्षण गर्न भारतीय कम्पनीसँग पारिश्रमिक धेरै माग गरेको बुझिएको छ । जसकारण उक्त कम्पनीले बिडिङ नै गर्न आनाकानी गर्यो। त्यसपछि राष्ट्र बैंकले त्यस कम्पनीलाई रद्द गर्ने निर्णय गरेको छ ।

अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)को सर्त अनुसार नेपाल राष्ट्र बैंकले १० वटा ठूला बाणिज्य बैंकहरुको लेखा परिक्षण अन्तराष्ट्रिय फर्महरुबाट गराउने प्रक्रिया अघि बढाएको थियो ।

राष्ट्र बैंकले १० वाणिज्य बैंकको लेखापरिक्षण अन्तराष्ट्रिय फर्महरुबाट गराउन अडिट फर्म नियुक्तिका लागि अन्तराष्ट्रिय बोलपत्र जारी गरेको थियो । उक्त बोलपत्रमा ५ कम्पनीले सहभागिता जनाएका थिए ।

जसमा नेदरल्याण्डको डेलोइट फाइनान्सियल एडभाइजरी, जेभी सीएससी एण्ड को, जेभी एसबरबीए एण्ड बीके अग्रवाल भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस र पाकिस्तानको केपीएमजी तासेर हादी एण्ड कोले आवेदन दिएका थिए । यी मध्ये भारतीय कम्पनीले अडिटको जिम्मा पाएको थियो ।

तर अहिले भारतको उक्त कम्पनीलाई रद्द गरेपछि अब राष्ट्र बैंकले आवेदन गरेकै अन्य कुनै एक कम्पनी छनौट गर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स