नेपालको क्रेडिट रेटिङ हुँदै, फिच कम्पनीको प्रतिनिधी नेपालमा

काठमाडौं । नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) काम सुरु भएको छ । क्रेडिट रेटिङको लागि विदेशी कम्पनीको टोली नेपाल आएका छन् ।

सोभरेन क्रेडिट रेटिङको काम फिच क्रेडिट रेटिङ कम्पनीले गर्दैछ । उक्त कम्पनीको टोलि अहिले नेपाल आएको हो ।
नेपाल आएको मूल्याकंन टोलीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेको छ ।

भेटका क्रममा अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङले नेपालमा आर्थिक विकास र व्यावसायिक वातावरण तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले क्रेडिट रेटिङ सम्पन्न भएपछि लगानीकर्तालाई नेपालमा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्न थप अनुकूल वातावरण बन्ने बताएका हुन् ।

नेपाल आएको टोलीमा सहभागीहरुले नेपालमा राजस्व परिचालन, पुँजीगत खर्च, सार्वजनिक ऋण, वैदेशिक सहयोग परिचालन लगायतका विषयमा चासो व्यक्त गरेका अर्थ मन्त्रालयले जनाएको छ ।
यस्तो रेटिङ नेपालको भएको छैन ।

यस्तो रेटिङले नेपालको अर्थप्रणालीको स्तर कस्तो छ भन्ने देखाउँछ । सोहि आधारमा विदेशी लगानी तथा सहायतको लागि सहजिकरण हुन्छ । साथै विदेशीले समेत मूल्याङ्न गर्न सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स