भाडाको जमिन महँगिन थाल्यो, एमएडब्लुले लियो आनाकै ९ लाख १६ हजारमा नक्सालको जग्गा

काठमाडौं । नेपालीहरु धेरैको मनमा भएको कुरा हो, माटोमा पैसा हालेर खेर जाँदैन । त्यहि भएर उपत्यकामा थुप्रिएका धेरैको सोच नै भाडामा बस्ने भन्दा पनि जग्गा किन्ने त्यसपछि घर बनाउने नै भयो ।

अहिले उपत्यकामा खालि जग्गा देख्न कामै पाइन्छ । उपत्यकामा अपार्टमेन्ट, हाउजिङ सहित योजनामा बनेका वासस्थान निकै कम छन् ।
धेरै घर आफ्नो परिवार बस्ने सोचमै बनेका छन् ।

घर नै बनाउने नेपालीको चाहनाले जग्गाको मूल्य निकै आकाशियो ।
तर पछिल्लो समय यो घर जग्गा किनेबेचमा पनि सुस्तता आएको छ ।

त्यसमा अर्थतन्त्र नै सुस्त भएको र कित्ताकाँटको समेत व्यवस्था जोडिएको कारण जग्गा बिक्री वितरण रोकिएको छ ।

यसरी बिक्रीमा रहेका जग्गाहरु भाडामा लगाइन थालियो । यो विगत एक दुई वर्षदेखि नै हुन थालेको काम हो ।

करिब दुई वर्षदेखि जग्गा भाडामा लगाउनेको संख्या बढे पछि मूल्याङ्न राम्रो हुन सकेको थिएन ।

तर चालू आर्थिक वर्षको सुरु भएपछि भने भाडाको जग्गाले राम्रो मूल्याङ्कन पाउन थालेको छ ।

व्यवसायमा आएको चलहलपलकै कारण जग्गाहरु भाडामा लिएर व्यवसाय विस्तार गर्न अघि बढिरहेका छन् ।

गाडीका स्वरुम राख्ने, पसलहरु संचालन गर्ने , खाजा पसलहरु संचालन गर्ने, नर्सरी व्यवसाय संचालन गर्ने, गाडीका ग्यारेजहरु राख्ने जस्ता कामहरु अघि बढ्न थालेका छन् ।

नेपाल उद्योग परिसंघका निर्वतमान अध्यक्ष विष्णु अग्रवालको एमएडब्लु कम्पनीले हालै नक्सालमा महँगो मूल्यमा जग्गा भाडामा लिएको छ । नारायण चौरमा ८ जना जग्गा भाडामा लिएको हो । जसलाई वार्षिक प्रतिआना ९ लाख १६ हजार रुपैयाँ तिर्ने गरि भाडामा लिएको देखिएको हो ।

यो मूल्यलाई हेर्दा अब घर जग्गाको माग राम्रो हुन थालेको अनुमान गर्न सकिन्छ ।
मूल्य धेरै लिएर भाडामा लिनु भनेको धेरै बीच प्रतिस्पर्धा भएर अघि बढिरेहको प्रमाण हो ।

हुन त अब जग्गा बिक्री वितरणलाई समेत गति दिन सरकार लागेको देखिन्छ ।

सोमवार बसेको मन्त्रीपरिषदको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको छ ।

देशभरका ७५३ पालिकाहरुमध्ये १९३ ले मात्र जग्गा बर्गीकरणको काम सम्पन्न गरेका छन् भने अन्य पालिकाहरुले समयमै जग्गा बर्गीकरण गर्न नसक्दा कित्ताकाटको समस्या पटक पटक आउने गरेको छ ।

कित्ताकाट खुलेसगैं मङ्गलवारबाट देशभरका सबै मालपोत कार्यालयमा कित्ताकाटको काम सुरु भएको भूमिब्यवस्था तथा अभिलेभल बिभागले जनाएको छ ।

कित्ताकाँटको समस्यालाई हल गर्न भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले  समेत केहि विषय बोलेका छन् ।

मन्त्री अधिकारीले जग्गा कित्ताकाटमा पुनःसमस्या नआउने गरी काम गर्न स्थानीय तहलाई आग्रह गरेका हुन् । तोकिएको यो आर्थिक बर्षभित्र सबै पालिकाहरुले प्रक्रिया पुरा गररे कित्ताकाट रोक्न नपर्ने गरी काम गर्न मन्त्री अधिकारीले आग्रह गरेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स