टिफाको प्रारम्भिक बैठक बस्दै, अमेरिकाले दिएको भन्सार छुट सहित केके छन् एजेण्डा ?

काठमाडौं । व्यापार एवं लगानी सम्बन्धि सम्झौता (टिफा) परिषदको बैठक आगामी साता तय भएको छ । उक्त बैठकको तयारीको लागि आज प्रारम्भिक बैठक बस्दै छ ।

अमेरिकाले सन् २०१६ मा भुकम्पपछि ७७ वटा वस्तुमा दिएको भन्सारसहित सुविधा आगामी बर्ष सकिन लागेको अवस्था छ ।

त्यसलाई निरन्तरतामा नेपाललले आफ्नो विषय राख्ने भएको छ ।

बरु नेपालबाट निर्यात धेरैवस्तु हरुलाई प्रथामिकता दिएको भन्सार छुट पाउनेको सूचिमा थपघट गर्न सक्ने विषयमा बहस गर्न चाहेको छ ।

नेपाल र अमेरिकाबीच सन २०११ मा टिफा सम्झौता भएको थियो । यो सम्झौताको खाका भएको हुँदा द्धिपक्षीय लगानी र व्यापारका लागि सम्झौता गर्नका लागि यसले आधार तयार पार्ने अपेक्षा गरिएको थियो । तर हालसम्म कुनै उपलब्धि हुन सकेको छैन । यस विषयलाई नेपालले प्रमुख एजेण्डा बनाउने बुझिएको छ ।

द्विपपक्षिय व्यपारको विषयमा अनुदान तथा ऋणका कार्यक्रम संचालक गर्ने विषय समेत नेपालले राख्ने भएको हो ।

टिफा बैठकको विषमा निजी क्षेत्रले समेत सुझाव प्रदान गरि सकेको छ । निजी क्षेत्रको सुझावको विषयलाई समेत सभावेश गरिने सरकारी पक्षले जनाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण रावतले निजी क्षेत्रको सुझाव अनुरुप अमेरिकासंग छलफल गरिने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको टिफा बैठककै सम्बन्धमा आयोजना गरेको कार्याक्रमममा सचिव रावतले उक्त विषय बताएका हुन् ।

उक्त कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भैरहेको समयमा भन्सार रहित सुविधाको निरन्तरताका लागि सरकार र निजी क्षेत्रले संयुक्त रुपमा काम गर्नुपर्ने बताएका थिए ।

महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अमेरिकामा निर्यात वृद्धि गर्न थप प्रयास गर्न आवश्यक भएको बताए ।

नेपाल–अमेरिका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष किरण साखले निर्यात बढाउनुका साथ साथै व्यापारका लागि सहायता कार्यक्रममा पनि जोड दिनुपर्ने बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स