सामाजिक सुरक्षा कोषले योगदानकर्ताबाट संकलन गर्योे ६३ अर्ब ३३ करोड

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ताबाट ६३ अर्ब ३३ करोड रुपैयाँ संकलन गरेको छ । २०८१ भदौ मध्यसम्ममा सामाजिक सुरक्षा कोषमा १९ हजार ४ सय ८१ रोजगारदाता आवद्ध रहेका छन्, जसबाट उक्त रकम संकलन भएको हो ।

कोषका अनुसार योगदान कर्ताहरु १५ लाख ८४ हजार ३ सय ४४ रहेका छन् ।
कोषआव आवद्ध हुने योगदानकर्ता औपचारिक क्षेत्रबाट ५ लाख २४ हजार ८ सय ६८ रहेका छन् भने वैदेशिकका लागि १० लाख ५९ हजार ४ रहेको छ ।

कोषले अहिलेसम्म योगदानकर्ताहरुलाई सुविधा भुक्तानी रकम १० अर्ब ५७ करोड रुपैयाँ प्रदान गरेको छ । व्यक्तिको जिवन यापनमा नकारात्मक असर सृजना गर्ने विभिन्न अवस्थाबाट जोगाउन तथा त्यस्ता अवस्थाको व्यवस्थापन गर्न राज्यले सामाजिक सुरक्षा कोषको अवधारणाा र सोहि अनुसार सेवा भुक्तानी समेत भैरहेको कोषले जनाएको छ ।

सामाजिक सुरक्षा कोषको योगदान दरको वाडफाँड गर्दा औषधी उपचार स्वास्थ तथा मातृत्व सुरक्षा योजना १ प्रतिशत तथा  अर्को १ प्रतिशहत १ जोडेर प्रदान हुन्छ ।

दुर्घटना तथा अशक्तता सुविधा योजना १ दशमलव ४ प्रतिशत , आश्रित परिवार सुविधा योजना ० दशमलव २७ प्रतिशत गरि गरी जम्मा २ दशमलव ६७ प्रतिशत
र थप १ प्रतिशत जम्मा गरिएको हुन्छ ।

वृद्ध अवस्था सुविधा योजना निवृत्तभरण सुविधा २० प्रतिशत, अवकास सुविधा ८ दशमलव ३३प्रतिशत गरी जम्मा २८ दशमलव ३३ प्रतिशत रहेको हुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स