३० प्रतिशत राजस्व वृद्धि भए अर्थतन्त्र सन्तुलनमा आउँछः अर्थमन्त्री पौडेल

लुम्बिनी । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ३० प्रतिशत राजस्व वृद्धि गर्न सके अर्थतन्त्र सन्तुलनमा आउने बताएका छन् । युवा उद्यमी मञ्च रुपन्देहीले आयोजना गरेको कार्यक्रममा पौडेलले सार्वजनिक ऋण बढेको बताउँदै ३० प्रतिशत राजस्व वृद्धि गर्न सके अर्थतन्त्र सन्तुलनमा आउने बताएका हुन् ।

उनले भने, ‘रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ठीक छन् तर आन्तरिक समग्र उत्पादन र माग घटेको छ ।’
उनले उद्योगहरुको उत्पादन औसत ४० प्रतिशत मात्रै रहेको भन्दै अर्थतन्त्रको समग्र परिसूचकले अझै दबाबमै रहेको बताए ।

अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रका विभिन्न सूचकाङ्क सकारात्मक नभएकाले सरकार दबाबमा रहेको बताउँदै त्यसमा सुधार ल्याउनका लागि सरकारले केही योजना अगाडि सारेको जानाकारी दिए ।

कार्यक्रममा पौडेलले उद्योगीका समस्या सुन्न र छलफल गरेर समाधान खोज्न सरकार तयार रहेको स्पष्ट पारे ।

निजी क्षेत्र माग्ने र सरकार दिने होइन, अब निजी क्षेत्रलाई निर्णय प्रक्रियामा सहभागी गराईने बताएका छन् ।

उनले निजी क्षेत्रलाई निर्णय प्रक्रियामा पनि सहभागी गराउने बताउँदै भने, ‘निजी क्षेत्र माग्ने र सरकार दिने होइन, अब निजी क्षेत्रलाई निर्णय प्रक्रियामा सहभागी गराउँछौँ ।’

सँगै उनले गैरकानुनी व्यवसायलाई सरकारले छुट नदिने बताएका छन् । सरकारले व्यवसायीलाई दुःख नदिने र अमर्यादित व्यवहार नगर्ने पनि उनले स्पष्ट पारे ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स