विदेशी लगानीकर्ता पाउँदैनन् प्रयाप्त प्रतिफल, साँढे ११ प्रतिशत पाएको अध्ययनको निश्कर्ष

काठमाडौं ।नेपालमा विदेशी लगानीकर्ताले प्रायाप्त प्रतिफल नपाउने गरेको अध्ययनले देखाएको छ । नेपालमा भएका विदेशी लगानीकर्ताहरुको आम्दानी उनीहरुले विदेश लगेका लाभांशहरुमा आधारित रहेर गरिएको अध्ययनले प्रतिफल कमजोर देखिएको हो ।

नेपाल राष्ट्र बैंकले नेपालमा वैदेशिक लगानीको प्रतिफल सम्बन्धमा एक अध्ययन गरेको छ । राष्ट्र बैंकले ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९।८०’ सार्वजनिक गरेको हो ।

जसले ११ दशमलव ६१ प्रतिशत प्रतिफल पाएको देखिएको हो ।
राष्ट्र बैंकले शुक्रबार अध्धयन प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष २०७९ ।०८० मा वैदेशिक लागनीको प्रतिफल सामान्य रहेको बताएको छ ।

आर्थिक वर्ष २०७० ।८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल २ सय ३८ वटा कम्पनीको नमूना छनोट गरेर अध्ययन सर्वेक्ष्ण गरेको थियो ।

सर्वेक्षण अनुसार . आर्थिक वर्ष २०७९।८० को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । उक्त समयमा २ खर्ब ८५ अर्ब ५० करोड कायम रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५२ दशमलव ८ प्रतिशत, सञ्चिति ३३ दशमलव ७ प्रतिशत र कर्जाको अंश १३ दशमलव ५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

२०८० असार मसान्तसम्ममा नेपालमा ५८ वटा देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट १ खर्ब ३ अर्ब ४५ करोड , चीनबाट ३५ अर्ब ४६ करोड रुपैयाँ विदेशी लगानी आएको छ ।

आयरल्याण्डबाट २२ अर्ब ६२ करोड ,अष्ट्रेलियाबाट १५ अर्ब ६ करोड र सिङ्गापुरबाट १८ अर्ब ८१ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।

औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २५ दशमलव ४ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको देखिन्छ ।

प्रदेशगत आधारमा नेपालमा रहेका प्रत्यक्ष लगानीमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ५८ दशमलव ७ प्रतिशत रहेको देखिन्छ । त्यसैगरी गण्डकी प्रदेशमा १५ दशमलव १ प्रतिशत, कोशी प्रदेशमा १४ दशमलव ७ प्रतिशत, मधेश प्रदेशमा ८ दशमलव ८ प्रतिशत रहेको छ भने लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिममा प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम रहेको देखिन्छ ।

वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरुको क्षमता उपयोग ६० दशमलव ६८ प्रतिशत रहेको पाइएको ।
जसले पनि आम्दानी नै कमजोर रहेको अध्ययन प्रतिवेदनले देखाएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स