थप कर्मचारी लिएर चाडवाड लक्षित अनुगमन हुने, कस्ता वस्तु पर्ने छन् निगरानीमा ?

काठमाडौं । यो वर्षको चाडबाड लक्षित बजार अनुगमनको तयारी हुँदैछ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तिज, दशै, तिहार र छठ जस्ता पर्वलाई केन्द्रमा राखेर विशेष अनुगमनको तयारी गरेको हो ।

सकेसम्म धेरै टोलि खटाएर बजार अनुगमनको काम अघि बढाउने विभागले जनाउको छ ।
जसमा केन्द्रीय बजार अनुगमनको कसरी गर्ने भन्दै शुक्रवार २ बजे बैठक बस्ने भएको छ ।

शुक्रबारको अनुगमन पछि कति टोलि अनुगमनमा हिड्ने छ । सो विषय थाहा हुनेछ । त्यसकार साथै योवर्षको अनुगमनको रणनीति समेत शुक्रबारको बैठकले तय गर्ने छ ।

विभाग सूचना अधिकारी राकेश पाण्डेले भने,‘यो वषएको अनुगमन समग्रमा कसरी संचालन हुने त्यो सबै विषय शुक्रबारको बैठमा तय हुनेछ ।’

विभागले बजार अनुगमनको जिम्मा पाएको छ । तर संघीय अन्य निकाय पनि बजार अनुगमनमा हिड्छन् । स्थानिय तहले समेत अनुगमन गर्दै आएको छ । यसको समेत तालमेल मिलाएर जाने उनको भनाई छ ।

उनी भन्छन्, ‘ अनुगमन गर्ने अन्य निकाय अनुसार समन्वय गरेर यसलाई अगाडि बढाईने छ ।’

विभागसँग भने जनशक्रि कम छ । अहिले बजार अनुगमनमा एक साथ ३ टोली मात्रै जान सक्ने अवस्था छ । त्यसबाट हामीसँग रहेको र यसले प्रयाप्त नभएको र अझ धेरै सख्यामा नयाँ टोली गठन गर्नु पर्ने अवस्था छ सोहि अनुसार गरिने पाण्डेले बताए ।

गत बर्ष ९\१०टोली खटाइएको थियो तर अहिले यसकोलागि विभागसँग प्रयाप्त जनशक्ति नभएको कारणले समस्या आएको हो ।

जनशत्तिको लागि सहज बनाउन मत्रालएमा पहल भैरहेको समेत उनले जानाकारी दिए । यसको लागि कार्य योजना बनाउने, जनशक्ति, अन्य निकाय सगँ समन्वय गर्नु पर्ने तीन वटै विषयलाई लिएर शुक्रबार बैठक बस्न लागेको हो ।

बजार अनुगमनमा दैनिक उपभोथ्य वस्तुहरु निगरानीमा पर्ने छन् । विशेषगरी खाद्य, लत्ताकपडा, खानेपानी, माछामासु पसल, तरकारी तथा फलफुल जस्ता बस्तुहरुमा उपभोक्ताको हित भए नभएको निगरानी हुने विभागले बताएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स