राजस्व संकलनमा प्रधानमन्त्रीले दिए नयाँ लक्ष्य, उठ्ला त १५ खर्ब ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चालू आर्थिक वर्षको राजस्व संकलनमा चासो व्यक्त गरेका छन् । चासो व्यक्त गर्दै उनले चालू आर्थिक वर्षमा १५ खर्ब रुपैयाँ संकलन गर्नुपर्ने नयाँ लक्ष्य निर्धारण गरिदिएका हुन् ।

चालू आर्थिक वर्षको बजेटले १४ खर्ब १९ अर्ब रुपैयाँको लक्ष्य राखेको छ ।
आन्तरिक तथा भन्सार दुबै तर्फको राजस्व ठूलो मात्रामा चुहावट भैरहेको आशंका साथ प्रधानमन्त्रीले चासो व्यक्त गरेका देखिएको छ ।

भन्सार तर्फको राजस्व चुहावटमा न्यूनबिजकीकरण तथा भन्सार बाहिरबाट पास भैरहेको उनको आशंका रहेको छ । त्यस्तै गरि आन्तरिक तर्फ कम कर निर्धारण हुँदा राजस्व सोचे अनुसार संकलन हुन नसकको उनको तर्क छ ।
यसरी राजस्व चुहावट भैरहेको अवस्थामा अर्थमन्त्रीले गत वर्ष भन्दा करिव ४ खर्ब बढि संकलन गर्न करका हाकिमहरुलाई निर्देशन नै दिएका छन् ।

उनले चुहावट नियन्त्रण गरेको र चालू आर्थिक वर्षमा १५ खर्ब रावस्व संकलन गर्नुपर्ने बताएका छन् ।
आज प्रधानमन्त्रीले एक विशेष भेटघाट कार्यक्रम राखेका थिए । जसमा राजस्व संकलन र तथा चुहावट नियन्त्रण गर्ने निकायका अधिकारीहरु रहेका थिए ।

जसमा आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसनधान विभाग, प्रहरीका हाकिमहरु रहेका थिए ।
साथमा प्रधानमन्त्री , गृहमन्त्री, मुख्य सचिव , प्रधानमन्त्रीका सल्लाहाकारहरु रहेका थिए ।
छलफलमा प्रधानमन्त्रीले चुहावट रोक्न, चोरो पैठारी रोक्न निर्देशन दिएका थिए ।

उनले १५ खर्बलाई मध्यनजर गरेर काममा दत्तचित्त भएर लाग्न कडाईका साथ निर्देशन दिएका छन् ।
गत आर्थिक वर्षमा करिव ११ खर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको छ । गत वर्ष पनि लक्ष्य भन्दा करिव ३ खर्बले कमी आएको छ । यसलाई प्रधानमन्त्रीले ‘सिरियस’ रुपमा लिएको भन्दै आगामी दिनमा चुहावटबाटै रोक्नुपर्ने बताएका छन् ।
आजको भेटमा गतल काम गर्ने कर्मचारीलाई सोहि अनुसारको ‘ट्रिट’ हुने सक्ने संकेत गरेका छन् ।

आन्तरिक राजस्व तर्फ कम मूल्याङ्न हुने तथा भन्सारमा भने राज्य संयन्त्रले थाहा पाउँदा पनि चोरी पैठारी भैरहेको गु्नासो छ । राजस्व प्रशासनसँग जानाकारहरुले अहिलेको राजस्वमा थप ५० प्रतिशत संकलन गर्न चुहावट मात्रै रोके पुग्ने सार्वजनिक अभिव्यक्ति नै दिदै आएका छन् ।

यसलाई नै आधार मानेर प्रधानमन्त्रीले आजको छलफलमा लक्ष्य नै निर्धारण गरेको देखिन्छ । तर यो लक्ष्य पुग्न करका हाकिमहरुले निकै कडाइका साथ लाग्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स