काठमाडौं । नेपाली युवामा क्षमता नभएको होइन । तर अवसरको मेसो भने मिलिरहेको छैन । विश्वको खुल्ला अर्थतन्त्रमा अवसर धेरै छन् ।
जुन विषय नेपाली युवाहरु कतिलाई थाहा छ कतिले थाहा पाएका छैनन् । नेपालमै बसेर विश्वको जुनसुकै कुनामा पनि काम गर्न सकिन्छ ।
अब यो प्रणालीलाई नेपाल र नेपालीले पनि आत्मसाथ गर्नुपर्छ । युवालाई साथ दिन निक्षेप तथा कर्जा सुरक्षण कोष (डीसीजीएफ) भने एक कदम अघि बढेको छ ।
निक्षेप तथा कर्जा सुरक्षण कोषले युवालाई लक्षित नयाँ कर्जा योजना ल्याएको छ । जसले नेपाली युवालाई विश्वको ‘गिग इकोनोमी’मा जोड्न सक्ने विश्वास लिइएको छ ।
कोषले घरमै बसेर अनलाइनमार्फत रोजगार लक्षित कार्यक्रमको लािग कर्जाको जमानत बसिदिने गरी नयाँ कर्जा योजना ल्याएको निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरे बताउँछन् ।
उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय सूचना प्रविधि बजारमा सूचना प्रविधिसँग सम्बन्धित रोजगार गर्न सक्ने जनशक्तिको अत्याधिक माग बढिरहेको छ,’ । अहिले विश्वको गिग मार्केट (श्रम बजार) मा अनलाइनमा बसेर काम गर्न सकिन्छ ।
यस्तो बजारमा दैनिक १ लाख २५ हजार भन्दा बढि विज्ञापन घोषणा हुने गरेको छ । जसमा डीसीजीएफको योजनामार्फत युवालाई आयआर्जनमा लगाउन सकिने विश्वास छ ।
पछिल्लो समय गिग मार्केटमा मानिसहरूको चासो बढ्दै गइरहेको छ । अमेरिकालगायतका विभिन्न देशमा सिर्जना भएका काम यहि बसेर गर्न सकिन्छ ।
अंग्रेजी राम्रो भएका, साइन्स म्याथमा राम्रोे गर्ने व्यक्तिले यो काम सहजै गर्न सक्छ । यी कामहरु सामान्य व्यक्तिहरुले पनि गर्न सक्छन् । जसको लागि आईटी पढेको वा ठूलै विशेषज्ञ नै हुनुपर्छ भन्ने छैन ।
सामान्य आईटी सम्बन्धित तालिम लिएको व्यक्तिले राम्रो सँग अनलाइन जब गर्न सक्छन् । नेपालमा जति पनि आईटी कम्पनीहरु खुलेका छन् ती २ प्रकारका छन् । सर्भिस ओरेन्टेड र प्रडक्ट ओरेन्टेड ।
यी दुबैको लागि जनशक्तिको अभाव रहेको छ । नेपालमा वर्षेनि साढे ३ लाखले प्लस टू गर्छन । जसमध्ये २० प्रतिशत दक्ष हुन्छन् । २० प्रतिशत अर्थात ७० हजारदलाई काममा लगाउन सकिन्छ । तर उनीहरुलाई आफ्नो पढाइलाई निरन्तरता दिँदै यस्तो काम गर्न सक्छन् ।
कसरी कस्तो कर्जा प्रदान हुन्छ ?
ल्यापटप किन्न र ट्रेडिङ लिनको लागि आवश्यक पर्ने रकम उपलब्ध गराएर त्यो स्कीमले बिनाधितो कुनै शर्त बिना नै ५ लाख रुपैयाँ कर्जा दिन्छ । तालिम सकिएको १ वर्षपछि ५ वर्षको अवधिमा उक्त कर्जा तिर्नुपर्ने हुन्छ ।
रोजगारमूलक तालिममा भर्ना भएको निस्साको आधारमा कुनै पनि इलेक्ट्रोनिक भर्सन मार्फत सो रकम उपयोग गर्न सकिने डीसीजीएफका सीईओ रमेश घिमिरेले जानकारी दिए ।
‘सूचना सम्बन्धी तालिम लिनको लागि प्लस टू र अन्यको लागि १० कक्षा पास गरे पुग्छ । अनलाइन जबको जागीर गर्नको लागि ल्यापटप किन्न पर्ने हुन्छ जसको कारण आमा बा लाई नै घचघचाउनु पर्ने बाध्यता रहन्छ’, उनले भने तर त्यसका लागि ल्यापटप आफै किन्न सक्ने व्यवस्था ल्याइदिन सक्यो भने अनलाइन रोजगारका लागि छोटो अवधिमा दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ । यसो गर्दा अभिभावकलाई पनि कुनै प्रेसर पर्दैन ।
बैंकको कर्जा जमानी निक्षेप तथा कर्जा सुरक्षण कोष (डीसीजीएफ) बसिदिन्छ । बैंक सुरक्षित भयो । रोजगारमूलक क्षेत्र र उत्पादनमूलक क्षेत्रमा कर्जा लगानीलाई प्रोत्साहन गर्ने डीसीजीएफको उद्देश्य हो ।
जस अनुसार अघि बढेको डीसीजीएफ नेपालमै अन्तर निकाय समन्वय गरेर समेत अघि बड्न चाहिरहेको छ । जसमा संभावना समेत देखिएको छ ।
स्वरोजगार तालिम लिएपछि रोजगारी पाउने, कुल गार्हस्थ्य उत्पादनमा सहयोग पुग्ने, युवा पलायन हुने कम हुने र वैदेशिक मुद्रा आर्जन हुने र अन्त्यत यसले नेपालको कुल गार्हस्थ्य उत्पादन वृद्धि गर्न समेत सहयोग मिल्छ ।
यो कर्जा उपलब्ध गराउनु अघि नै कर्जा ग्यारेन्टीका लागि २० प्रतिशत फन्ट छुट्याउने र कुनै युवाले कर्जा तिरेनन् भने पनि सोही फन्टबाट कर्जा भुक्तान गर्न सकिने गरी विभिन्न पालिका तथा अन्य संघसंस्थासँग छलफल भइरहेको सीईओ घिमिरेले बताए ।
यस्ता जनशक्तिले विदेशमा त काम पाउँछन् नै स्वदेशमा पनि अनलाइनबाट गर्न सकिने काम धेरै छन् । यदि यो योजना सफल बनाउन सकियो भने एक वर्षमै ५ हजार जनशक्तिलाई दक्ष बनाएर रोजगार दिन सकिन्छ ।