काठमाडौं । नेपाल उद्योग परिसंघले बजेट वाच कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१ ८२ को बजेट वक्तव्यमा उल्लेख गरिएको निजी क्षेत्र तथा अर्थतन्त्रसँग सम्बन्धित मुख्य विषयमा छलफल हो ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्र राज पाण्डेले सरकारले हरेक वर्ष बजेट भाषण गरेपनि बजेट मा राखिएको कार्यक्रम लाई गम्भिर भएर कार्यन्वयन नगरेको बताए । उनले भने ‘कार्यक्रम मा बजेट कार्यान्वयनको पाटो मा सरकार गम्भिर भएको पाइदैन।’
यता अर्थमन्त्रालयमा सह सचिव उत्तरकुमार खत्रीले सरकारले पूर्वतयारीका कार्यक्रम अघि नबढाउँदा पूँजीगत खर्च हुन नसकेको बताए ।
कार्यक्रममा बोल्दै उनले भने पूर्व तयारीका आयोजनाहरुको कार्यक्रम अगाडी नबढेको अवस्थाले गर्दा पँुजीगत खर्च हुन नसकेको हो।