तत्कालिन भन्सार विभागका महानिर्देशक पौडेलले पुनरावेदनमा जान नदिन कबुलियत गराएको खुलासा

काठमाडौं । तत्कालिन भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले व्यापारीहरु पुनरावेदनमा जान नपाउनु भनेर कबुलियतनामा गराएको खुलाशा भएको छ ।

ग्यास लाइटरको भन्सार मूल्यांकन बढेपछि भन्सारमा रोकिएको वस्तु छुटाउन आएको व्यापारीलाई कबुलियतनामा गराएको पाइएको हो ।

भन्सार विभागका पूर्व महानिर्देशक तथा सहसचिव शोभाकान्त पौडेल र तत्कालिन विरगंज सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख तथा उपसचिव रामप्रसाद मैनानीलाई बदनियतपूर्वक गत वर्ष  लाइटरको भन्सार मूल्यांकन बढाएका थिए । उक्त विषयमा अहिले अर्को खुलसा भएको हो ।

जसमा व्यापारीहरुले भन्सार मूल्यांकन चित्त नबुझेको खण्डमा धरौटीमा सामान छुटाएर पुनरावलोकनमा जान पाउने व्यवस्था छ । त्यो व्यवस्थालाई समेत लत्याई कबुलियतनामा गराएको पाइएको हो ।

जसले सामान छुटाउन चाहन्छ त्यसले नै पुनरावेदन नगर्ने गरि निवेदन लेख्न लगाएको पाइएको छ । जसको पत्र हाम्रोअर्थले पाएको छ ।

जसमा व्यापारीहरुलाई म अब अब पुनरावेदनमा जान्न भनेर निवेदन लेख्न लगाएको र त्यसलाई सदर गर्दै वस्तु छटाएको पाइएको हो ।

जुन वैदेशिक व्यापारको नीति विपरितको काम गरेको प्रमाणको रुपमा देखा परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्यास  लाइटरको मूल्यांकन बढाएको विषयमा भन्सार विभागलाई पत्र काटिसकेको छ ।

पौडेल र मैनालीको मिलेमतोमा भएको भन्सार मूल्यांकनको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्पष्टिकरण सोधेको हो ।

गत वर्ष ग्यास लाइटरको एक्कासी भन्सार मूल्यांकन बढाएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अन्तर्राष्ट्रिय बजार मूल्य नबढेको अवस्थामा तत्कालिन भन्सार विभागको नेतृत्वले बदनीयतपूर्वक भन्सार मूल्यांकन बढाएको भन्दै उजुरी परेको हो। सोहि उजुरीको आधारमा अख्तियारले अर्थ मन्त्रालय माफर्त पत्र काटेको पाएको छ ।

नेपालमा चीनबाट ग्यास लाइटर आयात भैरहेको थियो । चीनमा लाइटरको मूल्य बढेको समेत थिएन । तर गत वर्ष मंसिरमा भन्सार विभागले भन्सार मूल्यांकन बढाइयो ।

सामान्ययत मूल्यांकन बढाउने विषय बजार मूल्यसँग नै सम्बन्धीत हुन्छ । तर पौडेल र मैनालीको मिलेमतोमा भने ग्यास लाइटरको केसमा विभाग र मातहतको कार्यालयले नेपालको आयात निर्यातको व्यवस्थालाई नै धज्जी उडाएर मूल्यांकन बढाएको देखिन्छ ।

यसरी बढाउनुमा नेपालमा चुरोट खाने मान्छे कम भएकोले मूल्यांकन बढाएको उल्लेख भएको कागजातमा देखिएको छ ।

नेपालमा चुरोट खाने कम भैरहेको पाइएको तथा सरकारको आम्दानी समेत कम भैरहेको भन्दै टिप्पणी उठाएर मूल्यांकन बढाइएको कागजात फेला परेको छ । जुन कागजात नै अनौठो देखिएपछि अख्तियारले चासोको साथ पत्र काटेको हो ।

मूल्यांकन वृद्धि गर्दा पुनः प्रयोग गर्न नमिल्ने लाइटरको भन्सार मूल्यांकन ४ अमेरिकी सेन्टबाट बढाएर ६ सेन्ट बनाइएको छ भनेरिफिल गरी पुनः प्रयोग गर्न मिल्ने लाइटरको ५ सेन्टबाट ७ सेन्ट पुर्याइएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स