विदेशमा काम गर्ने नेपालीले एक वर्षमा पठाए १४ खर्ब भन्दा बढी पैसा

काठमाडौं । विदेशमा काम गर्ने नेपालीले एक वर्षम १४ खर्ब भन्दा बढी पैसा पठाएका छन् । आर्थिक वर्ष २०८०÷८१ मा विप्रेषण आप्रवाह १४ खर्ब ४५ अर्ब रुपैयाँ रहेको देखिएको हो ।

यो अघिल्ले वर्षको तुलनामा १६.५ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्ष वधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६०,१०३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २८१,१९९ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स