काठमाडौं । नेपालमा दुई ठूला रेमिट कम्पनी एक भएका छन् । आइएमई लिमिटेडे र जीएमई एक आपसमा जोडिएर एकीकृत कारोबार गर्न लागेका हुन् ।
नेपालमा रेमिट कम्पनीहरुमा नंम्बर एकको छबि आईएमई रेमिटले बनाउँदै आएको छ । स्थापना कालदेखि नै अहिलेसम्म नै अग्र स्थानमा रहेको छ । यो कम्पनी अब अझै ठूलो हुने भएको छ । जीएमई रेमिट कम्पनीलाई गाभेर आजदेखि एकीकृत कारोबार गर्न लागेको हो ।
यी दुई कम्पनी मिल्दा चुक्ता पुँजी १ अर्ब १५ करोड पुग्ने भएको छ ।
अहिले आइएमईको चुक्ता पुँजी ९० करोड र जीएमईको २५ करोड रहेको छ ।
कारोबारको हिसाबमा हेर्ने हो भने जीएमई पनि ठूलो कम्पनी नै हो । अब आईएमईसँग गाभिदा आईएमईको भोलुन निकै ठूलो बन्ने भएको छ । विगतमा विदेशमा समेत नेपाली रेमिट कम्पनी हुने भए पनि पछिल्लो समय कारोबारको प्रकृति फेरिएको छ ।
विदेशी कम्पनीले नै नेपालको कुन रेमिट कम्पनीमा कारोबार गर्न निर्धारण गर्छ । विदेशी कम्पनीहरुको समेत आईएमईले विश्वास जित्दै आएको छ ।
अब झनै जीएमईको नेटवर्कलाई समेत साथमा लिएर थप विश्वास कमाउने र आफ्नो दायर आईएमईले फराकिलो बनाउने देखिन्छ ।
विश्वका १९० बढी देशमा फैलिएको आइएमई २०५८ जेठ ३० गते स्थापना भएको थियो । नेपालमा सबैभन्दा धेरै मुलुकहरुबाट धेरै रेमिट्यान्स भित्र्याउने आइएमईले सन् २००१ मा आफ्नो पहिलो सेवा मलेशियाबाट सुरु गरेको थियो । तर आन्तरिक रेमिटलाई नेपाल राष्ट्र बैंकले निरुत्साहित गरेपछि केहि रेमिट कम्पनीहरु केहि कमजोर भने भएका छन् ।
तर पनि आईएमईको २२५ बढी आइएमई सेन्टर रहेको कम्पनीको तथ्याङ्कले देखाउँछ । आइएमईले ७७ जिल्लाका करिब १२ हजार सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीले कमाएको रकम देशका सबै स्थान वितरण गर्दै आइरहेको जनाएको छ ।
आईएमई ग्रुपबाट प्रर्वद्धित यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले रहेका छन् ।
जीएमई भने कोरिया र जापानबाट सबैभन्दा धेरै रेमिट्यान्स नेपाल भित्र्याउने कम्पनीमा पर्छ ।
जीएमईको अध्यक्ष अर्जुन पौडेल शर्मा हुन् त्यस्तै कार्यकारी प्रमुख दिवाकर पौडेलले हुन् ।
इएमई र जेएमई एक आपसमा गाभिए पश्चात कम्पनीको अध्यक्ष आईएमई ग्रुपका हेमराज ढकाल बन्ने तय भएको छ । आइएमई र जीएमई एक आपसमा गाभिन गत साउन २ गते नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको थियो ।
आज एकीकृत कार्यक्रमको शुभारम्भ कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाललले रेमिट्न्सको क्षेत्रमा काम सुरु भएको अवस्थालाई स्मरण गरे ।
उनले भने ‘सन् २००१ अर्थात आजभन्दा करिब २५ वर्ष पहिले, मनी एक्सचेन्जको सानो काउन्टरबाट सुरु भएको आइएमई अर्थात् इन्टरनेशनल मनी एक्सप्रेसको यात्रा त्यो समय पक्कै पनि सहज थिएन । सहज त के निजी क्षेत्रले पनि यसरी औपचारिक रुपमा विदेशबाट रकम भित्र्याउने कुराको कल्पना नै थिएन । नेपाल सरकारले वैदेशिक रोजगारीका लागि केही देशहरु खुल्ला गरिसकेपछि वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या भर्खरै बढ्न सुरु गरेको थियो ।’
जापानमा आफैँले नेपालमा पैसा पठाउँदा खेपेको सकस, अनौपचारिक र असुरक्षित माध्यमका कारण धेरै नेपालीहरुले आफ्नै कमाइ आफन्तसम्म पुर्याउन झेलिरहेका समस्याहरु देखेका र छिटो, भरपर्दो माध्यम खोजी गर्दै गर्दा आइएमईको जन्म हुन पुगेको उनले जनाकारी दिए ।
नेपालको त्यही अगुवाई रेमिटेन्स कम्पनी, आइएमई अहिले नेपाल र नेपाली रहेको विश्वका कुना कुनाका जो कोहीको पहिलो रोजाई बन्न पुगेको छ । त्यतिमात्र होइन आइएमई भनेको अहिले पैसा पठाउने कामकै पर्याय बनेको छ । पैसा पठाउने भनेको आइएमइ गर्ने हो भन्ने पर्याय बन्न सफल भएको छ । हाम्रा लागि यो भन्दा अर्को खुसीको कुरा अर्को के होला? , उनले बताए ।