कर्मचारीको सम्पत्ति विवरण संकलन किन भएन प्रभावकारी ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारी तथा सरकारी नियुक्ति लिएका व्यक्तिहरुको सम्पत्ति विवरण संकलनको काम प्रभावकारी नभएको बताएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्थालाई प्रभावकारी र आगामाी दिनमा प्रभावकारी बनाउन सुझाव समेत प्रदान गरेको होबनाउन ७ बुँदे सुझाव दिएको छ ।

आयोगले मंगलबार प्रचलित कानून अनुसार तोकिएको समय भित्र आर्थिक वर्ष २०७९–०८० को सम्पत्ति विवरण पेश नगर्ने सार्वजनिक पद धारण गरेका पदाधिकारी र कर्मचारीको विवरण सहितको राष्ट्रिय सतर्कता केन्द्रबाट प्राप्त ‘सम्पत्ति विवरण अनुगमन प्रतिवेदन’ आयोगको बैठकमा पेश भएपछि आयोगको निर्णय अनुसार ७ बुदेँ सुझाव दिएको हो ।

आयोगले सम्पत्ति विवरण बुझाउनुपर्ने कानूनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नितिगत व्यवस्था गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सुझाव दिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स