हिमालयन रिलाई मर्चेन्ट बैंकको लाइसेन्स, लाइसेन्सको लागि केके भयो ?

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको सहायक कम्पनीका रुपमा हिमालयन सेक्युरिटिज मर्चेन्ट बैंकलाई लाइसेन्स दिने निर्णय भएको छ । धितोपत्र बोर्डले फाष्ट ट्रयाकबाट लाइसेन्स प्रदान गरेको हो ।

नेपाल धितोपत्र बोर्डको तदर्थ अध्यक्षको जिम्मेवारीमा रहेका सहसचिव महेश बरालले स्वार्थ समूहसँग मिलेर तत्कालको तत्कालै हिमालयन सेक्युरिटिज मर्चेन्ट बैंकलाई लाइसेन्सको निर्णयमा पुगेका हुन् ।

उनी अहिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख रहेका छन् । बोर्ड अध्यक्ष नरहेको अवस्थालमा उनलाई नयाँ सरकारले अध्यक्षको जिम्मेवारी दिइएको छ ।

हिमालयन रिकै समुहले नयाँ स्टकको लाइसेन्सका लागि आवेदन दिएको छ । व्यवसायी दीपक भट्टको अगुवाईमा स्थापना भएको हिमालयन रि समुहले हिमालयन स्टक एक्सचेञ्जको लाइसेन्स लिने प्रयास गरिरहेको छ ।

सोही समुहको सेटिङमा सहसचिव बरालले धितोपत्र बोर्डको तदर्थ नेतृत्व हात पारेको आरोप छ । बरालले पनि सो आरोपलाई पुष्टि हुने गरि सोही समुहको कम्पनीलाई फास्ट ट्रयाकमा लाइसेन्स दिएका हुन् ।

पछिल्लो समय धितोपत्र बोर्डमा लाइसेन्स राज चलिरहेको छ । यस अघि भट्ट समुहलाई सहसचिव रितेश शाक्यले सहयोग गरिरहेका थिए । शाक्यलाई अन्तशुल्कको स्टिकर छपाई प्रकरणमा भ्रष्टाचार मुद्धा लागेपछि उनीहरुले बराललाई अघि सारेर काम गरिरहेको बताइन्छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा हुँदा पनि बरालले शंकर ग्रुप र दीपक भट्टहरुलाई ठूलो ‘गुन’ लगाएको बताइन्छ ।
संसदको सार्वजनिक लेखा समितिले बोर्डलाई रणनीतिक महत्त्वका निर्णयहरु नगर्न निर्देशन दिएको थियो । बोर्डको तदर्थ नेतृत्वमा आए लगत्तै स्वार्थ समुहहरुको हितमा धमाधम निर्णय गर्न थालेपछि बोर्डमा आतंक मच्चिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स