काठमाडौं । नेपाल र अमेरिकाबीच सन् २०११ मा सम्पन्न व्यापार तथा लगानी कार्यढाँचा सम्झौता (टिफा) को बैठक हुने भएको छ । आगामी सेप्टेम्बर १६ र १७ अर्थात भदौं ३१ असोज १ गते नेपालमै बस्ने भएको हो ।
तत्कालिन समयमा उपप्रधान तथा अर्थमन्त्री रहेका भरतमोहन अधिकारी र अमेरिकी व्यापार प्रतिनिधि रोन कर्कले टिफा सम्झौतामा हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौता अनुसार सरकारले लाभ समेत पाएको छ ।
सोहि सम्झौतालाई टेकेर नेपाल व्यापार प्राथमिकता कार्यक्रममार्फत नेपालका ७७ वटा विभिन्न वस्तुलाई अमेरिकी बजार प्रवेशको सुविधा सन् २०२५ को अन्त्यसम्म मात्र शून्य भन्सार महसुल ललगाइएको छ । आगामाी बैंकले तयसलाई विषयलाई समेत छलफल गर्ने छ र नेपाल पक्षले म्याद थपको माग गर्ने छ ।
अमेरिका नेपाली वस्तु निर्यातको दोस्रो ठूलो गन्तव्य मुलुक रहँदै आएको छ । पर्यटकको दृष्टिकोणले समेत अमेरिका महत्वपूर्ण मुलुक भएको छ ।
नेपाल र संयुक्त राज्य अमेरिकाबीच सन् २०११ मा व्यापार तथा लगानी कार्यढाँचा सम्झौता (टिफा) सम्पन्न भएको र उक्त सम्झौताअन्तर्गतको टिफा काउन्सिलको बैठकमा नेपाल सरकारका तर्फबाट उद्योग वणिजय तथा आप्रर्ति मन्त्रालयले नेतृत्व गर्दै आएको छ ।
यसको काउन्सिलको छैटौँ बैठक सन् २०२३ को मे १९ मा काठमाडौँमा आयोजना भएको थियो । उक्त बैठकमा द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धनका विभिन्न विषयमा छलफल भएको थियो ।
नेपालको भूपरिवेष्ठित अवस्थिति, साँघुरो उत्पादनमूलक क्षेत्र र न्यून उत्पादन क्षमता तथा उत्पादकत्वलाई मध्यनजर गरी नेपाल व्यापार प्राथमिकता कार्यक्रमलाई निरन्तरता दिनका लागि र नेपालले आग्रह समेत गर्दै आएको छ ।
अमेरिकाबाट नेपालमा सूचना, सञ्चार तथा प्रविधि, ऊर्जा, कृषि लगायतका क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भएको समेत हुँदै आएको छ ।
नेपालमा गत अप्रिलमा ५० भन्दा बढी मुलुकका लगानीकर्ताको उत्साहप्रद सहभागितासहित लगानी सम्मेलन सम्पन्न भएको छ, सो सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकारले विभिन्न सात वटा कानूनमा संशोधन गरी लगानी वातावरणलाई थप सहज बनाउने प्रयास गरेको छ ।