३० औँ कार्गो दिवस सम्पन्न, समस्या नै समस्याको चाङमा फ्रेट फर्वाडर्स क्षेत्र

काठमाडौं । नेपाल फ्रेट फर्वाडर्स एसोसिएसनले आयोजना गरेको ३० औँ कार्गो दिवस सम्पन्न भएको छ ।
३० वर्षदेखि जुलाई  २९ मा मनाउदै आइरहेको कार्गो दिवस आज विशेष कार्यक्रम गरि मनाइएको हो ।

यस संस्थाले देशको आर्थिक संवृद्धिका लागि विभिन्न्न मन्त्रालय, सरकारी, अर्ध सरकारी निकाय तथा निजी संघ संस्था सँग विभिन्न महत्वपुर्ण एजेण्डाहरु लगायत नेपालको अन्र्तराष्टिय व्यापार सहजिकरण गर्न टेवा पुर्याइरहेको छ ।
काठमाडौँको सोल्टि होटलमा कार्यक्रम आयोजना भएको थियो । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह प्रमुख रहेको उक्त कार्यक्रममा समग्र ‘लजिस्टिक विजनेश’ सम्बन्धमा छलफल भएको थियो ।

एसोसिएसनका अध्यक्ष मनोज अधिकारीले यस क्षेत्रको समस्या बारे उजार गरेका थिए । त्यस्तै गरि सहरी विकास मन्त्री सिंहले समस्या परेका ठाउँलाई सहज र नीतिगत रूपमा कार्यान्वयन गर्न आफूले सक्ने सहयोग गर्ने पनि बताए ।
कार्गो क्षेत्रमासामान पु¥याउने बेलामा ठाउँ नपाएर मूल्य बढ्ने मुख्य समस्या रहेको छ । यसले गर्दा निर्यातलाई प्रोत्साहन भएको छैन । निर्यात गर्ने बेलामा पनि सि पोर्टहरुमा धेरै प्रतिस्पर्धाका कारण सिपिङ कम्पनीहरुले पनि ठाउँ नदिने समस्या छ ।

अर्को ठूलो समस्या भनेको, विदेशी सिपिङ कम्पनीहरुले वीरगञ्जसम्म आएर डेलिभरी गर्ने गरेका छन् । विदेशीले नेपाली भूभागमै आएर ब्यापार गर्न नेपालमा नै दर्ता हुनुपर्छ । उनीहरुले काम नेपालमा गर्ने, तर पैसाको कारोबार भने भारतबाट गर्ने गरेका छन् । यो विषय ठूलो समस्या बनेको छ । यसलाई सरकारले तुरुन्त अवस्था रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स