चालू आर्थिक वर्षको पहिलो हप्ता : संघीय सरकारको आम्दानी ५ अर्ब ४४ करोड

काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएको पहिलो हप्ता सकिएको छ । एक हप्ताको अवधीमा संघीय सरकारको आम्दानी ५ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ भएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थक वर्षको एक हप्ता अवधीमा कर राजस्वबाट ४ अर्ब ८३ करोड रुपैयाँ

संकलन भएको छ । भने ३३ करोड ३६ लाख रुपैयाँ गैरकर राजस्व संकलन गरेको छ ।
२७ करोड ७६ लाख रुपैयाँ भने अन्य प्राप्ती देखिएको हो ।

गत आर्थिक वर्ष भरिमा संघीय सरकारकाले १० खर्ब ३० अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । ९ खर्ब २७ अर्ब रुपैयाँ कर राजस्व र १ खर्ब ३ अर्ब रुपैयाँ गैरकर राजस्व रहेको थियो ।

अन्य प्राप्ती २३ अर्ब ५६ करोड रुपैयाँ रहेको महालेखाको तथ्याङ्कले देखाएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स