मौद्रिक नीति युवराज खतिवडाले रोकेका हुन् ?

काठमाडौं । मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी भए पनि रोकिएको छ । आज चालू आर्थिक वर्षको मौद्रिक नीति पास गर्न संचालक समितिको बैठक आह्वान भए पनि सार्वजनिक भने नगर्ने भएको हो ।

छलफलको समय नपुगेको भन्दै रोकिएको हो । प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा युवराज खतिवडा नियुक्ती भएपछि मौद्रिक नीति रोकिएको बुझिएको छ ।

उनी लामो समय राष्ट्र बैंकमा काम गरेको तथा गभर्नर समेत भैसकेकोले मौद्रिक नीतिमा चासो राखेको बुझिएको छ । उनले कार्यभार समेत सम्हालेका छैनन् ।

उनले मौद्रिक नीति बुझ्न चासो राखेपछि गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गर्ने तयारी रहेको मौद्रिक नीति रोकिएको बुझिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स