सुनमा नरेन्द्र गुप्ताको राजनीति : जर्ती कि कोटा ?

काठमाडौं । पछिल्लो समय सुनचाँदी बजारमा दुई वटा विषय निकै चर्चा हुन पुगेको छ । पहिलो विषय हो, बजार मूल्यको । सुनको मूल्य एक्कासी माथि गएको छ । छोटै समयमा तोलामै १ लाख रुपैयाँ बढिसकेको छ । छापावाला सुन प्रतितोला १ लाख ५० हजार रुपैयाँ पुगिसकेको छ ।

यसरी मूल्य वृद्धि हुँदा सुनको कारोबारमा नै कमी आएको, उपभोग कम भैरहेको र बजार चलायमान हुन नसकेको विषय उठान भैरहेको छ ।

यहि अवधीमा अर्को एक विषय समेत चर्चामा आयो । त्यो थियो, जर्ती कटौती नगर्ने । अथवा सुनमा अहिले जति ह्रास कट्टि गरेर सुन घटाइन्थ्यो वा बढि शुल्क लिइन्थ्यो । त्यो नलिने विषय एक व्यवसायीले चलाए ।

विशाल बजारमा रहेको रिद्धि सिद्धि ज्वेलर्सका संस्थापक नरेन्द्र कुमार गुप्ताले जर्ती निशुल्क गर्ने विषय जोडतोडले उठाए ।
यो विषय आफैमा निकै ठूलो थियो । महँगो सुन ह्रास हुँदा उपभोक्ताको धेरै पैसा गैरहेको छ । उनले उठाएको विषयले झट्ट हेर्दा उपभोक्तालाई राहात हुने कुरा गरे ।

उपभोक्ताको उनलाई क्षणिक साथ समेत छ । तरकारी बजारमा आलु किन्दा धनियाँ सित्तैमा अफर जारी गरे जस्तो उनको अफर छ । यस्तो अफर गर्ने तरकारी पसलमा पनि हामी भिड देख्न सक्छौ ।

त्यस्तै गरि उनको विशाल बजारको पसलमा समेत त्यस्तै भिड देख्न सकिन्छ । उनको पसलमा सुन किन्नेलाई अहिले अन्यन्त्र भन्दा फाइदा पनि छ ।

यसरी उपभोक्तालाई राहत दिनु नयाँ अफर जारी गर्नु , प्रतिस्पर्धाबाट बजार चलाउन जस्ता कार्यहरु व्यपारीक धर्म समेत हो । व्यपारमा सफल हुने रणनीतिहरु यस्तै हुन्छन् ।

गुप्ताको राजनीतिक कालखण्ड भने यहाँबाट सुरु भएको हैन । उनले राजनीति सुनचाँदी व्यवसयाीहरुको संघ, एसोसिएसनहरुको लागि हो ।

गुप्ता नेपाल रत्न तथा आभूषण संघका वरिष्ठ उपाध्यक्ष थिए । गुप्ताले आफ्ुनो नेतृत्वलाई विभिन्न खालको आरोप लगाए । जुन आरोप अहिलेसम्म पनि पुष्टि भने हुन सकको छैन ।

आरोप लगाएकै आधारमा उनी निलम्बनमा समेत गरे । नरेन्द्र कुमार गुप्ता संघबाट निष्कासित गरिएको संघले विज्ञप्ती नै जारी गर्यो । संघले विज्ञप्ती जारी गर्दै गुप्तालाई सामान्य सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जानकारी दिएको थियो । यो कुरा गत चैतको हो । गुप्ताले श्रृंखलाबद्ध रुपमा संघको प्रतिष्ठामा आँच पुर्याउने हर्कत गरेको संघले आरोप लगाएको थियो ।

उनले संघका संस्थापक तथा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका निवर्तमान अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष तथा आभुषण संघकी निवर्तमान अध्यक्ष लगाएत संघमा आबद्ध अन्य व्यक्तिहरुको चरीत्रहत्या गर्ने बदनियत राखेको संघको भनाई थियो ।

गुप्ता आफैमा पुरानो व्यवसायी हुन् । उनले लामो समयदेखि सुनचाँदी बजारमै काम गर्दै आएका छन् ।
तर एकाकएक उनले आफ्नो कार्यशैली, सोचाई नै परिवर्तन गरे । यसो गर्नुको कारण भने उनले सुन चाँदीसँग सम्बनधीत संघ संस्थाहरुप्रति नै लक्षित देखिएको छ ।

विशेष गरि अहिले सरकारले नै सुनचाँदीका संघ संस्थाहरुलाई कोटा वितरण गरिरहेको छ । त्यसको विरोधमा गुप्ताले आफ्नो राजनीतिक कदम चाल्न थालेको बुझिएको छ ।

कोटा प्रणालीको विरोध अघि उनले उपभोक्ताको विषयमा आफ्नो राजनीतिलाई उभ्याएका छन् । उपभोक्ताको विषयलाई अगाडी ल्याउँदा सबै जनाको विश्वास पाउन महत्वपूर्ण आधार हुने अनुमान गरेका छन् ।

र उनले जर्ती र ज्यालामा छुटको घोषणा गरे । त्यसमा धेरै सुन चाँदी व्यवसयाीहरुले विरोध जनाए । तर उपभोक्ताको साथ पाइरहेका छन् । जसको मतलब उनले आफ्नो पछि लाग्ने जमातहरुको संकलन गरिरहेका छन् ।

उनको आगामी कदम भने कोटामा नै हुने छ । अहिलेसम्म सुन चाँदीको कोटाको कुरा गर्ने हो भने दैनिक २० केजी सुन बजारमा गैरहेको छ । जसलाई सुनचाँदी व्यवसायीहरुको संघ संस्थाहरुलाई कोटा दिइन्छ । सोहि अनुसारको सिफारिसमा वितरण हुने गर्दछ ।

नेपाल सुनचाँदी व्यवसायी संघलाई ६५ प्रतिशत , नेपाल रत्न तथा आभुषण संघलाई २० प्रतिशत, नेपाल सुनचाँदी कला व्यवसायी संघलाई ७ दशहमलव ५ प्रतिशत, नेपाल हस्तकला संघलाई २ दशमलव ५ प्रतिशत कोटा वितरण हुँदै आएरहेको छ ।

सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि अनुसार साविकको बागमती अञ्चलमा ६० प्रतिशत र सो भन्दा बाहेकमा ४० प्रतिशत बिक्रि वितरण हुनपर्ने छ ।

वितरणको जिम्मा नै सुनचाँदी व्यवसायीहरुको संघहरुले पाइरहेका छन् । यो जिम्मेवारी नै तोडिनुपर्छ भन्ने विषयमा गुप्ता लगायत सुनचाँदी बजारमा आउन लागेका नयाँ प्रवेशी केहि ठूला घरनाहरुको माग छ । जसमा पर्दा अगाडी गुप्ता देखिएका छन् ।

उनीहरु सुनको व्यपारको आधारमा सिधै कम्पनीलाई नै बैंकले कोटा दिनुपर्छ भने लविइङमा रहेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स