सकियो आर्थिक वर्ष : बजेट खर्च १४ खर्ब, राजस्व संकलन साढे १० खर्ब

काठमाडौं । आर्थिक वर्ष २०८० /८१ सकिएको छ । आजदेखि नयाँ आर्थिक वर्ष सुरु भएको हो । आर्थिक वर्ष २०८०/८१मा कुल बजेट खर्च १४ खर्ब ८ अर्ब रुपैयाँ भएको छ ।

महालेखा नियन्त्रकको कार्यालय अनुसार आर्थिक वर्षको अन्तिम सम्ममा सार्वजनिक भएको बजेट अनुमानमा ८० दशमलव ४४ प्रतिशत खर्च भएको हो ।
गत आर्थिक वर्ष प्रकाशशरण महतले बजेट सार्वजनिक गर्दा कुल बजेट १७ खर्ब ५१ अर्ब रुपैयाँ खर्च गर्ने अनुमान गरेका थिए ।

चालू खर्च ९ खर्ब ५२ अर्ब रुपैयाँ भएको छ । यो लक्ष्यको ८३ खशमलव १४ प्रतिशत हो । त्यस्तै गरि पुँजीगत खर्च १ खर्ब ९१ अर्ब रुपैयाँ भएको छ । यो ६३ दशमलव ४७ प्रतिशत हो । अर्को वित्तिय व्यवस्थापनमा सरकारले ३ खर्ब ७ अर्ब रुपैयाँ खर्चिएको छ । जुन लक्ष्यको ८६ दशमलव ७ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयले जनाकारी गराएको छ ।

गत आर्थिक वर्षमा सरकारले कुल राजस्व १० खर्ब ५८ अर्ब रुपैयाँ संकलन गरेको छ । त्यसमा कर राजस्व ९ खर्ब ४४ अर्ब रुपैयाँ रहेको छ । भने गैरकर राजस्व १ खर्ब १४ अर्ब रुपैयाँ रहेको महालेखाले देखाएको हो ।

सरकारले मध्यावधी समीक्षा माफर्त बजेटको खर्च र राजस्व संकलन दुबैको लक्ष्य संशोधन गरेको थियो । संशोधन माफर्त लक्ष्य घटाएको थियो ।

जसमा मध्यावधि समीक्षा मार्फत १५ खर्ब ३० अर्ब रुपैयाँ मात्रै खर्च हुने अनुमान गरिएका थियो । राजस्वको लक्ष्य समेत संशोधन भएको थियो । वर्ष १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा मध्यावधि समीक्षा मार्फत १२ खर्ब दुई अर्ब रुपैयाँ मात्रै राजस्व उठ्ने नयाँ लक्ष्य निर्धारण गरिएको थियो ।

सरकारले आगामी आर्थिक वर्ष २०८१ /८२ का लागि १९ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन गरेको छ । सरकारले ल्याएको सो बजेटमध्ये ११ खर्ब ४० अर्ब ६६ करोड चालु खर्च हो भने ३ खर्ब ५२ अर्ब ३५ करोड पुँजीगत खर्च र ३ खर्ब ६७ अर्ब १७ करोड अर्थात वित्तीय व्यवस्थातर्फको खर्च हो ।

त्यस्तै १२ खर्ब ६० अर्ब रुपैयाँ राजस्व संशोधन गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स