विष्णु पौडेलले अर्थतन्त्र चलायमान बनाउँलान् ?

काठमाडौं ।  मंगलबारदेखि नयाँ आर्थिक वर्ष लाग्दैछ । नयाँ आर्थिक वर्षसँगै बजेट कार्यान्वयनमा जान्छ । देशको मुद्रा व्यवस्थापन मिलाउने मौद्रिक नीति पनि यहि समयमा आउने गरेको छ ।

हुन त नयाँ आर्थिक वर्ष लाग्नु भन्दा डेढ महिना अघि नै बजेट सार्वजनिक भएपछि त्यसको केहि समय पश्चात बजेटलाई सपोर्ट गर्ने गरी मौद्रिक नीति आउनु पर्छ ।

नयाँ सरकार आइतबार आज नै बन्दै छ । नयाँ अर्थमन्त्री आएसँगै नयाँ बजेट समेत कार्यान्वयनको चरणमा जाँदै छ ।
यसले नयाँ अर्थमन्त्रीलाई धेरै दायित्व समेत तय हुँदै छ । सायद नयाँ अर्थमन्त्री आउने क्रममा रहेकोले अर्थमन्त्रीलयले बजेट कार्यन्वयनको निर्देशिका समेत जारी गरेको छैन ।
नयाँ अर्थमन्त्रीको काम यहि निर्देशिका जारी गरेर हुने छ ।

नयाँ अर्थमन्त्रीमा एमालेका उपाध्यक्ष विष्णु पौडेलको चर्चा छ । उनी आएसँगै उनलाई बजेट कार्यन्वयन गरेर अर्थतन्त्र सुधार गरेर लागु पर्ने चुनौती समेत देखिन्छ । तर उनको नाममा केहि सकरात्मक पक्ष समेत जोडिएको छ । सेयरबजारले जहिले पनि उनलाई रुचाउने गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेल बन्ने चर्चा भएपछि सेयर बजारको ग्राफ २७ महिना उच्च विन्दुमा पुगेर उकालो लाग्न थालिसकेको छ । महाप्रसाद अधिकारी गभर्नरको रुपमा नियुक्ति भएपनि ओरालो लागेको सेयर बजार आजनै ११.०३ बजे मै २२९० अंक पुगेर फेरि ओरालो लागेको छ । तै पनि ११.२० जाँदा २२४८.७३ अंकमा ओर्लिएको छ ।

यद्यपि यो केहि क्षणको करेक्सन हो । फेरि बजार बढ्ने निश्चित भएको छ । किनकी अर्थमन्त्री बन्न लागेका विष्णु पौडेललाई सघाउन यहि आर्थिक वर्षको तेस्रो त्रैमासपछि विदा हुन लागेका गभर्नर अधिकारीले अर्थतन्त्र चलायमान बनाउन कुनै कसुर छाड्ने छैनन् ।

बैंकमा पैसा थुप्रिएर कर्जा जान नसकेको, आम उद्यमी व्यवसायीदेखि लगानीकर्ताले आत्मबल गुमाएको बेला अर्थतन्त्रलाई चलायमान बनाउन ठूलै टेक दिने तयारीमा राष्ट्र बैंक अघि बढेको छ । हुन त पछिल्लो समय अर्थतन्त्रलाई संकुचन पार्ने कति विषयमा राष्ट्र बैंकले लचकता पनि अपनाइसकेको छ ।

राष्ट्र बैंकले मुद्रा बजारमा काम गर्ने बैंक, बीमादेखि उद्यमी व्यवसायी र सबै स्टक होल्डरहरूसँग सुझाव लिइसकेको छ । सुझावको क्रममा गभर्नर अधिकारीले अर्थतन्त्रमा सुधार हुँदै गएको चालु कर्जा मार्ग निर्देश उद्यमीले बुझ्दै गएकोमा खुशी व्यक्त गर्दै समय सापेक्ष तथ्याकीय विश्लेषको आधारमा अर्थतन्त्रलाई चलायमान बनाउने, उद्यमी व्यवसायीको मनोबल बढाउने मौद्रिक नीति आउने बताइसकेका छन् ।

अर्थतन्त्रको बजार चलायमान बनाउन राष्ट्र बैंकले चाल्ने कदम आगामी आर्थिक वर्षको लागि भने गभर्नर अधिकारीले मन खोलेरै सबैको मागलाई सम्बोधन गर्ने गरी ल्याउने तयारी भएको उनले आफै बताउदै आएका छन् ।

सरकारीमा समस्या आउँदा घरजग्गा कारोबार ठप्प जस्तै भएको छ । सरकारमा जान लागेका राजनीतिक दलबीचहरू बीचको समझदारी पनि एजेण्डाअनुसार तय भएको कुरा बाहिर आएको छ । पछिल्लो समय राष्ट्र बैंकले उद्यम धन्दा शिथिल भएको अवस्था अर्थतन्त्रलाई चलायमान बनाउने सेयर बजार, घरजग्गा कारोबार र हायर पर्चेज नै हो भनेर बुझिसकेको छ ।

रोजेको अर्थमन्त्रीलाई सघाउनको लागि राष्ट्र बैंकले सेयरमा लगानीको थ्रेस होल्ड हटाउनेदेखि अन्य रिक्स क्षेत्रको कर्जाको भारित दर पनि घटाउने बुझिएको छ ।

साथै लगानीका नयाँ क्षेत्रलाई प्रवद्र्धन गर्नुका साथै बढ्दै गएको खराब कर्जालाई व्यवस्थित गर्न रिकभरी सम्बन्धी काम गर्ने नयाँ कम्पनी स्थापना गर्ने पनि केहि मार्ग निर्देश गर्न लागेको राष्ट्र बैंक स्रोतको दावी छ ।

देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को जत्रो साइज भइसकेको कर्जा प्रवाहलाई अझ बढी व्यवस्थित गरेर मौद्रिक बजारलाई स्थायित्व प्रदान गर्दै दीगो आर्थिक विकास तिर मौद्रिक नीतिले मार्ग निर्देश गर्ने बताइएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स