मिटरब्याज पीडित अझै सम्पर्कमा आएनन्, दोस्रो पटक थपियो म्याद

काठमाडौं । मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगले ऋण र कर्जा वा अनुचित लेनदेन कारोबारसम्बन्धी लिखत, भरपाई, टिपोट, शर्तनामा वा सम्झौतालगायत कजागता लिई सम्पर्कमा आउन दोस्रो पटक म्याद थप गरेको छ । मिटरब्याज पीडित धेरै रहेको आँकलन गरे पनि थोरै मात्रै सम्पर्कमा आएकोले दोस्रो पटक म्याद थप भएको हो ।

नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयबाट मिटरब्याज सम्बन्धी जाँचबुझ आयोग गठन भई यस आयोगलाई तोकिएको कार्यादेश अनुसार काम गरिरहेको छ ।

गृह मन्त्रालयको वेवसाईमा रहेको फारम भरि सम्पर्कमा आउन अनुरोध आयोगले गरेको हो ।
आयोगदले आजको मितिदेखि १० दिन भित्र सम्पर्कमा आइसक्न सूचना जारी गरेको छ ।

मिटरब्याजसम्बन्धी विषयमा पीडित पक्षहरूबाट लेनदेन वा ऋण र कर्जाको कारोबारका क्रममा ऋण र कर्जा लिने व्यक्ति (आसामी) र ऋण र कर्जा दिने व्यक्ति (साहु) बीच आपसमा भएको लेनदेनसम्बन्धी विषयहरूको शुरूदेखि हालसम्मको अवस्थाको यथार्थ विवरण खुल्ने गरी यस आयोगबाट निवेदन संकलन गर्नुपर्ने बताएको छ ।

अनुचित लेनदेनका पीडितहरूको यथार्थ समस्या समाधानको प्रयोजनका लागि तथ्यांक संकलन र आवश्यक कारवाही प्रक्रिया अघि बढाउन यस आयोगबाट ऋण र कर्जा लिने व्यक्तिले भर्नुपर्ने फारम गहृ मन्त्रालयको सेवसाईटमा रहेको र त्यसलाई प्रिन्ट गरेर भर्न सकिने जनाएको छ ।

आयोगले जारी गरेको सूचनामा भनिएको छ, ‘ अनुचित लेनदेन कारोबारसम्बन्धी सोधनी भएका विषयसँग सम्बन्धित सबै विवरणहरू प्रष्ट बुझिने गरी भरी आफूसँग रहे भएसम्मका त्यस्तो ऋण र कर्जा वा अनुचित लेनदेन कारोबारसम्बन्धी लिखत, भरपाई, टिपोट, शर्तनामा वा सम्झौतालगायत जो भएका लिखतहरूको प्रतिलिपी वा फोटोकपीसमेत साथै राखी पुनः म्याद थपसम्बन्धी यो सूचना प्रकाशन भएको मितिले १० (दस) दिनभित्र पीडित आफू रहेको जिल्ला प्रशासन कार्यालयमा सो निवेदन फारम दर्ता गरिदिनुहुन सूचना प्रकाशन गरिएको छ ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स