काठमाडौं । संसदबाट पारित भएको करिव १ महिना पछि सुरक्षण मुद्रण सम्बन्धी ऐन राजपत्रमा प्रकाशित भएको छ । संसदमा पेश भएको चार वर्षपछि अब कार्यन्वयनमा आएको हो ।
सरकारले २०७७ असार २४ गते यो विधेयक संसद्मा सूचना प्रविधि तथा संचार मन्त्रालयले दर्ता गरेको थियो । गत जेठ २४ गते संसदले पारित गरेको ऐन शुक्रबार राजपत्रमा प्रकाशित भएको हो ।
ऐन अनुसार अन्तः शुल्क स्टिकर, नोट, राहदानी , रिचार्ज कार्ड , चेकबुक लागतयका लगायत सुरक्षण मुद्रणसँग सम्बन्धित सामग्री स्वदेशमा छपाइ गर्न सकिने छ । अहिले केहि वस्तु नेपालमा छपाई हुँदै आए पनि नोट भने विदेशमा छपाई हुन्थ्यो । अब नोट पनि नेपालमा छपाई गर्न ऐनले खुल्ला गरिदिएको छ ।
सुरक्षण मुद्रण सामग्रीको छपाइका लागि सुरक्षण मुद्रण केन्द्र स्थापना गर्न सकिने ऐनमा बताइएको छ । स्थापना भएको केन्द्रले मापदण्ड तयार गरेर छपाईको काम अघि बढाउन सक्नेछ ।