बैंकिङ क्षेत्र बिग्रियो भने सम्पूर्ण अर्थतन्त्र बिग्रिन्छः अर्थविद्ध डा. शर्मा

काठमाडौं । अर्थविद्ध डा. शंखर शर्माले बैंकिङ क्षेत्र बिग्रियो भने सम्पूर्ण अर्थतन्त्र बिग्रिने बताएका छन् ।

नेपाल बैंकर्स संघको साधारण सभामा अर्थविद्ध डा. शर्माले बैंकिङ क्षेत्र बिग्रियो भने सम्पूर्ण अर्थतन्त्र बिग्रिने बताएका हुन् ।

बैंक तथा वित्तीय क्षेत्र संवेदनशिल हुने भएकाले अर्थतन्त्र सुधार गर्न वित्तीय जोखिम हेरेर सुधार गर्नु पर्ने डा. शर्माले बताए ।

उनले केन्द्रीय बैंक बैंकहरूको आन्तरिक व्यवस्थापनमा लागेको पनि आरोप लगाए । शर्माका अनुसार नेपालको बैंकिङ क्षेत्रको पुनर्स्थापन अझै आवश्यक रहेको उल्लेख गर्दै रिक्सवेस सुपरिवेक्षण र डिजिटल बैकिङमा राष्ट्र बैंकले थप व्यवस्था गर्नुपर्ने बताए ।

३ वटा सरकारी बैंकमा सुधारको आवश्यक रहेको औंल्याउँदै उनले अन्य बैंकसँग प्रतिस्पर्धा गर्न नसकेको दावी गरे ।

उनले अहिले ऋणको गुणस्तरमा प्रश्न पनि उठेको बताए ।

नेपाल बैंकर्स संघको साधारण सभामा अर्थतन्त्रमा योग्दान पुर्याए बापत अर्थविद्ध डा. शर्मा सम्मानित पनि भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स