प्रकाशशरणको कारण वर्षमानलाई असर, रकमान्तरको फाइल रोकियो

काठमाडौं । असार महिना सुरु भएपछि रकमान्तरको सबै फाइल रोकिएको छ । चालू आर्थिक वर्षको बजेट भाषणमा असारमा रकमान्तर नगर्ने उल्लेख भएको कारण रकमान्तरको निर्णय भएको छैन ।

चालू आर्थिक वर्षको बजेट भाषण गर्दै तत्कालिन अर्थमन्त्री प्रकाशशरण महतले असारमा रकमान्तर नगर्ने विषय बताएका थिए ।

असारको रकमान्तर बजेटमा घोषणा भएको तर ऐनले नरोकेको विषय हो । भाषणमा मात्रै सिमित रहेको तर बजेटसँग सम्बन्धीत विधेयकमा भने उल्लेख गरिएको थिएन ।

चालू आर्थिक वर्षमा विभिन्न मन्त्रालय तथा नियकाहरुको रकमान्तरको फाइल निकै ठूलो छ । तर अर्थमन्त्रालयले असार लागे पछि रकमान्तरको सहमति प्रदान गर्न सकिरहेको छैन ।

पुँजीगत खर्च बढाउन ठूलो दवाब रहेको अर्थमन्त्री वर्षमान पुनलाई प्रकारणशरण महतको भाषणको कारण असर गरिरहेको छ ।
रकमान्तर कुनै एक शिर्षकमा विनियोजित भएको बजेट अर्को शिर्षकमा खर्च गर्न दिइने सहमति हो ।
यो भन्दा अघिका वर्षहरुमा रकमान्तर गरेर नै अन्तिम समयमा पुँजीगत खर्चको आकार बढाइन्थ्यो । तर यो वर्ष भने अर्थमन्त्रालयले निर्णय गर्न सकिरहेको छैन ।

३ खर्ब २ अर्ब रुपैयाँ पुँजीगत खर्चको लागि विनियोजन भएकोमा १ खर्ब ३५ अर्ब रुपैयाँ भन्दा खर्च हुन सकिरहेको छैन ।
कुनै ऐनले नरोकेको कारण रकमान्तरको सहमति दिने पक्षमा अर्थसचिव मधुकुमार मरासिनी रहेका छन् ।

उक्त विषयमा आज बजेटमहाशाखा प्रमख रितेश शाक्य, अर्थसचिव मुधकुमार मरासिनी र अर्थमन्त्री बीच छलफल समेत भएको अर्थमन्त्रालयले जनाएएको छ ।

मन्त्रालयको एक अधिकारीका अनुसार धेरै आयोजनाहरुमा रकमान्तरको ठूलो आवश्यकता रहेको र यहि महिना काम सम्पन्न हुने खालको समेत देखिएका छन् । त्यसकारण रोक्न नहुने तर्कमा आज छलफल भएको छ ।

जेठ महिनामा कति रकम विनियोजित बजेट बाहिरबाट सहमति प्रदान गरियो त्यसको तथ्याङ्क आउन बाँकी रहेको छ ।
बैशाख महिनामा मात्रै २ अर्ब ८३ करोड रुपैयाँ थप निकाशा भएको छ । त्यस्तै गरि २ अर्ब ४० करोड रुपैयाँ सोहि महिना रकमान्तर भएको हो ।

बैशाख महिनामा सबैभन्दा धेरै थप निकाशा पाउने आयोजनमा सुनकोशी मरिन डाईभर्सन आयोजना रहेको छ । यसले १ अर्ब ४० करोड रुपैयाँ थप निकाशा पाएको हो । त्यस्तै गरि धेरै रकम पाउनेमा गृह मन्त्रालय रहेको छ ।

यस मन्त्रालयले कैदी बन्दोबस्तीको लागि भन्दै ३४ करोड ७९ लाख थप बजेट लिएको छ । प्रहरीको रासन भत्ताको लागि समेत विनियोजित बजेट अपुग भएको कारण थप निकाशा भएको छ । प्रहरीको रासन तथा भत्ताको लागि ३४ करोड रुपैयाँ थप लिएको हो ।

बजेटको एक उपशिर्षकबाट अर्को उपशिर्षकमा समेत ठूलो रकमान्तर भएको छ । बैशाख महिनामा जंगी अड्डालाई ३८ करोड रुपैयाँ रकमान्तर गरिएको हो ।

सहरी विकास मन्त्रालयको सघन सहरी विकास कार्यक्रममा १७ करोड रुपैयाँ रकमान्तर भएको हो ।
क्षेत्रीय सहरी विकास कार्यक्रमकाको लागि १९ हजार रुपैयाँ रकमान्तर भएको हो । विशेष भवन निर्माण आयोजनामा ३५ करोड रुपैयाँ रकमान्तर भएको हो ।

यसरी एकै महिना ३० वटा उपशिर्षकमा कुल २ अर्ब ४० करोड रुपैयाँ रकमान्तर भएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स