काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनासम्म नेपालको कुल गरिबी २०.२७ प्रतिशत रहेको छ । समग्र नेपालको गरिबी २०.२७ प्रतिशत रहँदा कोशी प्रदेशको गरिबी भने १७.१९ प्रतिशतमात्रै रहेको छ ।
नेपालको कुल गार्हस्थ्य उत्पादन ५७ खर्ब ५ अर्ब रहँदा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन ९ खर्ब ३ अर्ब रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले आज प्रकाशितग रेको कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्थामा उल्लेख गरिएको छ ।
राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकमा नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (अमेरिकी डलरमा) १४ सय ३४ डलर रहँदा कोशी प्रदेश १३ सय ३६ डलर रहेको छ ।
त्यसरी नै कोशी प्रदेशको प्रतिव्यक्ति प्रतिवर्ष उपभोग खर्च १ लाख २ हजार ५६२ रुपैयाँ रहेको छ ।
नेपालको कुल आयातमा १४.४४ प्रतिशत कोशी प्रदेशको हिस्सा रहेको छ भने निर्याता ३९.०६ प्रतिशत रहेको छ ।