यो साता सुनमा लगानी गर्नेले कमाए मनग्य, तोलामै ५ हजार बढी नाफा

काठमाडौं । पछिल्लो समय सुनमा लगानी गर्नेले मनग्य कमाएका छन् । यो साता सुनमा लगानी गर्नेले प्रतितोला नै ५ हजार ३ सय रुपैयाँ कमाएका हुन् ।

आइतबार छापावाला सुन १ लाख ४२ हजार २ सय रुपैयाँ प्रतितोला रहेकोमा शुक्रबार १ लाख ३६ हजार ९ सयमा कारोवार भएको हो ।

यो साता सुनमा लगानी गर्नेहरु मालामाल भएका छन् ।  गत साता प्रतितोला ४ हजार रुपैयाँले मूल्य गिरावट भएको थियो । तर यो साता भने लगानीकर्ताहरु नाफामा गएका छन् ।

यो साता कुन दिन कस्तो रह्यो मूल्य
शुक्रबार छापावाल सुनको मूल्य १७ सय रूपैयाँले बढेको छ । सुन चाँदीको कारोबार हुने साताको अन्तिम दिन आज छापावाला सुनको मूल्य प्रतितोला १ हजार ७०० सय रुपैयाँले बढेर १ लाख ४२ हजार २०० सय रुपैयाँमा किनबेच भइरहेको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ भने चाँदीको मूल्य २५ रूपैयाँले घटेर १८ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुनको मूल्य २३ सय रूपैयाँले बढेको थियो । सो दिन छापावाला सुनको मूल्य प्रतितोला दुई हजार ३ सय रूपैयाँले बढेर १ लाख ४० हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ८ सय रुपैयाँमा किनबेच भएको हो चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँले घटेर १९ सय रूपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै बुधबार पनि छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको थियो । सो दिन मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले बढेर १ लाख ३८ हजार २ सय रूपैयाँमा कारोबार भएको हो । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँमा किनबेच भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार कारोबार हुने साताको तेस्रो दिन मंगलबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको थियो । सो दिन नेपाली बजारमा छापावाल सुन प्रतितोला ४ सय रूपैयाँले बढेर १ लाख ३७ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो, भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको हो । सुनसँगै चाँदीको मूल्यपनि बढेको थियो । उक्त दिन चाँदी ४० रूपैयाँले बढेर १९ सय २० रूपैयाँमा किनबेच भएको थियो ।

त्यसैगरी सोमबार पनि छापावाल सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँले बढेको थियो । कारोबार हुने साताको दोस्रो दिन सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँले बढेर १ लाख ३७ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो, भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भएको हो । त्यसैगरी चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँले बढेर १८ सय ८० रूपैयाँमा कारोबार भएको थियो ।

सुन चाँदी कारोबार हुने नेपाली बजारमा साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेयो । अघिल्लो कारोबारको अन्तिम दिन शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँ कायम भएकोमा आइताबार पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँ कायम भएको थियो भने चाँदीको मूल्य प्रतितोला १८ सय ५५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स