बजेटले आशा जगाउने प्रयास गरेको छ : अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको बजेटले सर्वसाधारणमा आशा जगााउने प्रयास गरेको बताएका छन् । आज अर्थमन्त्रालयमा आयोजित बजेट पछिको कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले सो कुरा बताएका हुन् ।

‘बजेटले आम जनतामा आशा जगाउने प्रयास गरिएको छ, युवालाई देशभित्र अवसर खोज्ने प्रयास गरिएको छ ।’ उनले भने, ‘बजेटमार्फत नयाँ चरणको आर्थिक सुधार गर्न चाहेका छौं ।’

नयाँ चरणको आर्थिक विकासको लागि आयोग नै गठन गरिने भनिएको छ । त्यसले निजी क्षेत्रलाई साथमा लिएर बढ्न खाजेको उनको भनाई छ ।

उनले आर्थिक संजाल वृद्धि गर्न पुर्वाधार बनाउन कार्यक्रम ल्याएको बताए । कृषि, उर्जा, आईटी लागायतलाई प्राथमिकतामा राखिएको बताए ।

उनले स्थानीय तहमा औद्योगिक प्रवर्द्धन, पूर्वाधार विकास, शैक्षिक सुधार र स्वास्थ्य संस्थाको स्थापना लगायतका लक्ष्य बजेटमार्फत लिइएको पनि बताए ।

उनले अहिलेको अर्थतन्त्रको वस्तुस्थिति हेरेर बजेट प्रस्तुत भएको प्रतिक्रिया आउँदा खुसी भएको बताए। चालु आवको प्रक्षेपण मिलिरहेको थिएन, त्यसमा कमेन्ट गर्ने भन्दा पनि जिम्मेवार ढंगले प्रस्तुत गर्यौं, आशा जगाउने प्रयत्न बजेट मार्फत भएको उनको भनाई छ।

उनले उच्च स्तरीय आयोग नै गठन गरेर अगाडि बढ्न खोजिरहेका बताउँदै सो आयोगले आर्थिक सुधारका लागि राम्रो बाटो देखाउन सहयोग गर्ने बताए ।

प्रधानमन्त्रीले भनेका केहि आयोजना समावेश भएको छ । छिटो सकिने खालका आयोजना धेरै समावेश भएको उनको भनाई छ ।

करका दर परिवर्तनका गर्दा पनि आवश्यकता र औचित्यका आधारमा गरिएको अर्थमन्त्री पुनको भनाइ छ । कुनैपनि व्यक्तिगत आग्रह, पूर्वाग्रह, भावनामा बगेर काम गर्दैनौं भन्ने प्रतिवद्धताका साथ करका दरमा हेरफेर भएको उनले बताए ।

बजेटका प्राथमिकता र उद्देश्य धेरै तर्फ छर्ने भन्दा पनि कृषि, ऊर्जा, सूचनाप्रविधिलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर आन्तरिक उत्पादन बढाउने नीति बजेटले अवलम्बन गरेको अर्थमन्त्री पुनले बताए ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत अबको १० वर्षमा ३० खर्बको निर्यात पु¥याउने महत्वाकांक्षी योजना अघि सारेको र स्वदेशी उद्योग तथा उत्पादनलाई संरक्षण गर्ने नीति लिएको उनको भनाइ छ ।

स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले नै तयारी र कच्चा पदार्थमा दुई तहको भन्सार लगाउने नीति लिइएको पुनले बताए । हरित करको नयाँ विषय आर्थिक ऐनमा राखेको पनि पुनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स