विद्युतीय गाडीमा कर बढ्यो, एक सय किलोवाटसम्मको १५ प्रतिशतले वृद्धि

काठमाडौं । विद्युतीय गाडीमा सरकारले करको सीमा थोरै वृद्धि गरेको छ । अर्थमन्त्री वर्षमान पुनले  धेरै दवाबका बीच थोरै कर वृद्धि गरेका हुन् ।

५० किलोवाट क्षमतासम्म भन्सार महसुल १५ प्रतिशत पुर्याइएको छ । यस अघि १० प्रतिशत महसुल थियो । त्यस्तै गरि ५ प्रतिशत अन्तशुल्क समेत थप गरिएको छ । कुल १० प्रतिशत कर बढेको छ ।

५१ किलोवाटदेखी १०० किलोवाट विद्युतीय गाडीमा १५ प्रतिशत कर बढाइएको हो । ५ प्रतिशत भन्सार शुल्क र १० प्रतिशत अन्तशुल्क बढाइएको छ । १५ प्रतिशत भन्सार दरलाई २० प्रतिशत र २० प्रतिशतको अन्तशुल्कलाई ३० प्रतिशत पु्र्याइएको हो । यो सेगमेन्टको गाडी नेपालमा धेरै भित्रने गरेको छ । अब यो गाडी भोलिदेखि नै भन्सार पास हुँदा मूख्य बढेर आउने छ।

२ सय किलोवाटसम्म २० प्रतिशतको भ्न्सार शुल्क ३० र २० प्रतिशतकै अन्तशुल्क ३० बनाइएको छ । ३ सय किलोवाटसम्मको भन्सार शुल्क ४० प्रतिशतबाट ६० प्रतिशत पुर्याइएको छ । अन्तशुल्क ४५ प्रतिशतबाट ३५ प्रतिशतमा झारिएको छ । यो गाडी ज्यादै न्यून मात्रामा भित्रने गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स