काठमाडौं । बजेटको ब्रिफकेश बोकेर अर्थमन्त्री वर्षमान पुन निस्केका छन् । उनले ३ बजे बजेट भाषण गर्ने कार्यक्रम रहेको छ ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट प्रस्तुत हुनुपर्ने छ । सोहि अनुसार अर्थमन्त्री पुनले केहि बेरमा बजेट प्रस्तुत गर्दै छन् ।
अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा हस्तान्तरण गरेसँगै बजेटको तयारी सम्पन्न भएको हो । हस्तान्तरणपछि अर्थमन्त्री पुन बजेट पारित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रस्थान गरेका छन् ।
३ बजे पुनले संसद्को संयुक्त बैठकमा बजेट पेस गर्ने कार्यक्रम छ । प्रधानमन्त्री एवं आयोग अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा सिंहदरबारमा आयोगको पूर्ण बैठकले मध्यमकालीन संरचना र वार्षिक विकास कार्यक्रम पारित गरिसकेको छ ।