आज हुँदैछ करको दर हेरफेर, अर्थ मन्त्रालयको परिसर निगरानीमा

काठमाडौं । संवैधानिक व्यवस्था अनुसार जेठ १५ (मंगलबार) गते संघीय सरकारको बजेट सार्वजनिक हुँदैछ । बजेटको सम्पूर्ण तयारी अर्थमन्त्रालयले सकेको छ ।

बजेटसँग सम्बन्धीत ३ वटा विधेयक नै तय भैरहेको छ । भने एक विधेयकलाई आज अन्तिम रुप दिइदैछ ।
बजेट कार्यक्रम समावेश हुने विनियोजन विधेयक अन्तिम रुप दिई छपाईको क्रममा गैसकेको छ । त्यस्तै गरि राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक समेत तय गरिसकेको छ ।

आर्थिक विधेयक करको दर र कर प्रणालीसँग सम्बन्धीत हुन्छ । आर्थिक विधेयकको पनि धेरै काम सकिसकेको छ ।
मन्त्रालयका एक अधिकारीका अनुसार आन्तरिक तर्फका कर प्रणालीमा केहि सिद्धान्तहरु थपघट भएको छ ।
जुन विषय टुङ्ग्याइएको छ । बाँकी भन्सार बिन्दुमा उठाउने करको दर भने आज फाइनल हुनेछ ।

ती विषय आज साँझसम्म तय गरिने र आज नै सिंहदवारमा नै रहेको छापाखानामा छपाईको काम हुनेछ । आज करको दरलाई अन्तिम रुप दिने भएकोले अर्थमन्त्रालयको परिसर नै निगरानीमा राखिएका छ । कर्मचारीलाई समेत चेकजाँच गरेर भित्र छिराईको छ । मन्त्रालय भन्दा बाहेकका कर्मचारीलाई  छिर्न दिइएको छैन ।

बजेटको आकार भने बढाईयो
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको लागि १८ खर्ब रुपैयाँको बजेट सिलिङ प्रदान गरेको छ । तर बजेटको आकार भने सिलिङ भन्दा बढाइएको पाइएको छ ।

सरकारको नीति अनुसारको कार्याक्रमहरु समावशे गर्दा आकार वृद्धि हुन पुगेको बताइएको छ । आकार बढ्दा भने स्रोतमा चाप परेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स