काठमाडौं । चालू आर्थिक वर्षमा कुल अर्थतन्त्र ५७ खर्ब ५ अर्ब हुने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरिसकेको छ। आज कुन प्रदेशको कति योगदान रहने अनुमान समेत सार्वजनिक गरेको छ ।
राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा अर्थतन्त्रको अनुमान गरिएको हो । बागमती प्रदेशको सबै भन्दा धेरै योगदान छ । यस प्रदेशको ३६ दशमलव ४ प्रतिशत अर्थात् २० खर्ब ७४ अर्ब रहेको छ ।
दोस्रोमा रहेको कोशी प्रदेशले १५ दशमलव ८ प्रतिशत अर्थात् ९ खर्ब ३ अर्ब, लुम्बिनी प्रदेशले १४ दशमलव ३ प्रतिशत अर्थात् ८ खर्ब १४ अर्ब , मधेश प्रदेशले १३ दशमलव १ प्रतिशत अर्थात् ७ खर्ब ४८ अर्ब योगदान रहने अनुमान छ ।
त्यस्तै गरि गण्डकी प्रदेशले ९ दशमलव १ प्रतिशत अर्थात् ५ खर्ब १७ अर्ब , सुदुर पश्चिम प्रदेशले ७ दशमलव १ प्रतिशत अर्थात् ४ खर्ब ४ अर्ब र कर्णाली प्रदेशले सबै भन्दा कम ४ दशमलव ३ प्रतिशत अर्थात् २ खर्ब ४४ अर्बरुपैयाँ बरारबको योगदान पुर्याउने प्रारम्भिक अनुमान रहेको छ ।