काठमाडौं । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको बैशाख महिनासम्ममा ४१ अर्ब ३८ करोड रुपैयाँ बराबरको प्रत्यक्ष बैदेशिक लगानी प्रतिवद्धता आएको छ । उर्जा, प्रविधि, उत्पादनमूलक उद्योग र सेवा क्षेत्रमा लगानी प्रतिवद्धता आएको हो ।
आएको प्रतिवद्धता अनुसार १७ हजार जनालाई रोजगारी प्रदान हुनसक्ने देखिएको हो । चीन भारतको लगानी धेरै रहे पनि अमोरिका तथा युरोपका कम्पनीहरुले समेत लगानीको लागि दर्ता प्रक्रिया अपनाएका छन् ।
गत बैशाखमा अन्तराष्ट्रिय लगानी सम्मेलन भएको थियो । सम्मेलन पछि अझै ठूलो योजनामा लगानी आउने विश्वास भएको छ । लगानी सम्मेलनमा समेत नीजि क्षेत्रका केहि ठूला परियोजनामा विदेशी लगानीको लागि समझदारी भएको छ ।